चलचित्र ‘छक्का पञ्जा २’ फेरि प्रदर्शन हुँदै

२ चैत ७५, आइतबार

काठमाडौँ, चैत २
अघिल्लो वर्षको दशैंमा रिलिज भएको सुपरहिट फिल्म ‘छक्का पञ्जा २’ पुनः हलमा लाग्ने भएको छ । फिल्म अर्को वर्षको दोस्रो साता अर्थात् बैशाख १३ गतेबाट फिल्म देशभर पुनः एकपटक प्रदर्शनमा आउने तय भएको निर्माताले जानकारी दिएका छन् ।

दर्शकहरुको चाहना बमोजिम फिल्म रि–रिलिज गर्न लागिएको अभिनेता तथा निर्माता दीपकराज गिरीले बताएका छन् । यो मितिमा कुनै फिल्म प्रदर्शनमा आउँदै छैनन् । हलिउडको बहुप्रतिक्षीत फिल्म ‘एभेन्जरः इन्ड गेम’ आउन लागेका कारण यो मितिमा कुनै नेपाली फिल्म प्रदर्शनमा आउन नसकेका हुन् ।

यसअघि यो मितिमा प्रतिक्षीत फिल्म ‘दाल भात तरकारी’ आउने तय भएको थियो । तर, शुक्रबारमात्र ‘एभेन्जर’ को डरले यो फिल्म एक हप्ता पछाडि सरेको छ । यसैको फाइदा उठाउँदै ‘छक्का पञ्जा २’ फेरि हलमा रिलिज हुन लागेको हो ।

Advertisement

हलमा रिलिज भएको डेढ वर्ष वितिसके पनि यो फिल्म अझै युट्युबमा रिलिज भएको छैन । यो फिल्म युट्युबमा पर्खेर बस्ने दर्शक धेरै छन् । तर, निर्माण टिमले तत्काल युट्युबमा रिलिज गर्नेभन्दा पुनः हलमा फिल्म प्रदर्शन गर्ने निर्णय लिएको छ ।

दीपाश्री निरौला निर्देशित यस फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, जितु नेपाल, स्वरूपपुरुष ढकाल, बुद्दी तामाङ, स्वस्तिमा खड्का, केदार घिमिरे, वर्षा राउतलगायतका कलाकारले अभिनय गरेका छन् । यो फिल्मको तेस्रो पार्ट पनि प्रदर्शनमा आइसकेको छ । फिल्ममा समावेश ‘म त यता किनारामा’ र ‘नाइनलको साडीमा’ बोलको गीत अहिले पनि उतिक्कै लोकप्रिय छ ।

Advertisement

बैशाख १३ मा कुनै नेपाली फिल्म नभएका कारण ‘छक्का पञ्जा २’ ले पुनः एकपटक सिंगल थिएटरमा दर्शक तान्न सक्ने फिल्म पण्डितहरुको आँकलन छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top