NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ? शनिबार भदौ २१ , २०८२
सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र शनिबार भदौ २१ , २०८२
भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली शनिबार भदौ २१ , २०८२
युक्रेनमा पश्चिमा सुरक्षा पुटिनलाई मान्य छैन, यस्तो चेतावनी शनिबार भदौ २१ , २०८२
Next
Prev

समाचार

साहसिक पर्यटनको नयाँ गन्तव्य ‘धुलिखेल’, चरा झै उडेर डाँडा वारिपारि

आइतवार चैत्र ३ , २०७५
Reading Time: 1 min read
A A
साहसिक पर्यटनको नयाँ गन्तव्य ‘धुलिखेल’, चरा झै उडेर डाँडा वारिपारि
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

काठमाडौं ,चैत ३

राम्रा लज/रिसोर्ट, हरियो पर्यवरण, स्वच्छ हावा र लोकप्रिय पिकनिक गन्तव्यका रुपमा धुलिखेलको पहिचान स्थापित छ । उच्च हिम श्रृंखलाहरुको दृश्यावलोकन पनि धुलिखेलले उपलब्ध गराएको अर्काे उपहार हो ।

अब त्यहि धुलिखेलमा थपिएको छ पर्यटकका लागि अर्काे नयाँ प्रडक्ट ‘जिप फ्लाईङ’ । पछिल्लो समय साहसिक पर्यटनको आकर्षण बढिरहेको छ । बञ्जी, क्यानोनिङ, र्याफ्टिङ, प्याराग्लाईडिङ जस्ता साहसिक पर्यटनका प्रडक्टहरु लोकप्रिय छन् । तर यी अधिकांश प्रडक्टहरु उपत्यका नजिकै उपलब्ध छैनन् । तर अब यी सबैलाई टक्कर दिन सक्ने नयाँ प्रडक्ट धुलिखेलमा भित्रिएको छ ‘जीप फ्लाईङ’ ।

LS Auto

मोटो लठ्ठामा करिब २ मिनेट झुण्डिएर एउटा डाँडोबाट अर्काे डाँडामा पुगिन्छ । करिब ११ सय मिटरको दुरी पार गर्दा धुलिखेल नगरपालिका छिचोलेर पाँचखाल पुग्न सकिन्छ ।

राजधानीकाट ३३ किलोमिटरको दुरी पार परेपछि पुगिन्छ धुलिखेल जिप फ्लाईङमा । साहसिक पर्यटनका पारखीहरुले अब धुलिखेलको थाक्लेडाँडादेखि शुरु हुने जिप लाइन पाँचखालको खावामा पुगेर अन्त हुन्छ ।

कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेसमा बसी पर्यटकले चराको पखेटा झैँ हात फैलाएर ‘सुपरम्यान फ्लाइङ’ गर्न सक्छन् । हावामा उडिरहँदा काभ्रेका हरिया फाँट, हरियो वन र उच्च हिमश्रृंखलाको छुट्टै आनन्द लिन पाइन्छ । फलामको लठ्ठा (डोरी) मा जोडिएको घिर्नीमा विशेष प्रकारको फितामा झुण्डिएर माथिबाट तल झर्न पाइन्छ ।

‘साहसिक पर्यटनका लागि उपत्यका नजिकै नयाँ प्रडक्ट ल्याएका छौं, पर्यटन वर्ष सन २०२० लाई मध्य नजर गरेर सञ्चालनमा ल्याएका हौं’, सञ्चालक केदार बहादुर थापाले भने ।

उक्त परियोजनाको निर्माण कार्य गएको साउनदेखि शुरु गरिएको थियो । यहाँ साना बालबालिकाका लागि छुट्टै जिपलाइन छ । यस्तै चिल्ड्रेन एड्भेञ्चर क्याम्पसहित, रिसोर्ट निर्माणाधीन छ ।

यस्ता छन् विशेषता
११ सय मिटर लामो जिप लाइन समुद्र सतहदेखि एक हजार ३०० मिटर उचाइबाट शुरु भएर एक हजार २०० मिटरको सतहमा अन्तिम केन्द्र छ । फ्लाइङको गति प्रतिघण्टा ६० देखि अधिकतम ९५ किलोमिटरको हुन्छ । २५ सय रुपैंयाँ तिरेर जिप फ्लाङ गर्न सकिन्छ भने ३५ सय रुपैंयाँ तिरेर सुपर म्यान गर्न सकिन्छ । सिंगल लाइन मात्रै भएपछि दैनिक ६० जनासम्मले सेवा लिनसक्ने सञ्चालक भुपेश श्रेष्ठले बताए ।युरोपियन र अमेरिकी राष्ट्रिय सुरक्षा मापदण्डमा आधारित जिफलाइनमा दुई जना भारतीय प्राविधिक कार्यरत छन् ।

कति भयो लगानी ?
वल्ड वाइड एड्भेन्चर प्रालिले लगानी गरेको जिप लाइनमा हालसम्म ४ करोड खर्च भैसकेको छ । अर्काे एउटा लाइन थप्दा ७ करोड लगानी पुग्ने उनीहरुको भनाई छ । औचारिक सेवा आरम्भ नगर्दै स्वदेशी र विदेशी पर्यटकहरुको समेत आकर्षण खिच्न सफल भएको सञ्चालक बताउँछन् । यसबीचमा चीन, कोरिया, हङकङ, अमेरिका र स्वीट्जरल्याण्डका पर्यटकले यो खेलको मजा लिइसकेका छन् ।

कसले पाउँछन खेल्न ?
तेह्र वर्षदेखि ७० वर्ष बीचको उमेर समूहका जो कोहीले जिपलाइन खेल्न सक्छन् । दीर्घ रोगीका लागि भने यो प्रतिबन्धित छ । कम्पनीले १३ वर्ष कम उमेरका अण्डर टिन समूहलाई खावास्थित तल्लो स्टेशनमा जिप लाइनको व्यवस्था गरेको छ ।

कसरी बन्यो पूर्वाधार ?
कम्पनीले १५ वर्षका लागि २० रोपनी जमिन लिजमा लिएर पूर्वाधार निर्माण गरेको हो ।

शुल्क र सुविधा ?
साधारण जिप फ्लाईङको शुल्क २५ सय रुपैंयाँ तोकिएको छ । सुपर म्यानको ३५ सय रुपैंयाँ र जोडीको ४५ सय रुपैंया शुल्क निर्धारण गरिएको छ । तस्विर भिडियोका लागि भने छुट्टै शुल्क तिर्नुपर्नेछ । धुलिखेलमा सुरु भएको जिप फ्लाङले सो क्षेत्रको पर्यटन विकासमा समेत नयाँ आयाम थपिएको सञ्चालकहरुको दावी छ ।(विकासन्युजबाट)

लोकप्रीय

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२

विचार

थप समाचार

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?
अन्तर्राष्ट्रिय

ओलीको भारत भ्रमण नहुने द प्रिन्टको दाबी
ताजा समाचार

भवितव्य दुर्घटनालाई लिएर महाधिवेशन भाँड्ने प्रयास भयोः ओली

शनिबार भदौ २१ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

World News: १६१ यात्रु सवार विमान दु*र्घ*टनाबाट जोगियो,भारतमा नेपालीलाई गो*ली || Nepal Times

00:21:13

World News: बेल्जियमका प्रधानमन्त्री ‘कमजोर’, भारतको पहिलो सेमीकन्डक्टर चिप || Nepal Times

00:18:06

World News:रुसका कारण ईयू अध्यक्षको विमानको राडार जाम, नर्वेलाई यु*द्धपोत || Nepal Times

00:17:41

World News: मोदीको निशानामा पाकिस्तान, राष्ट्रसंघका १९ कर्मचारी हु*थीको क*ब्जामा || Nepal Times

00:13:44

World News: Modi-Putinलाई Xiको वेलकम, China-Taiwan लक्षित जापानी क्षेप्यास्त्र || Nepal Times

00:17:42

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

भारतले पनि नेपालीलाई पनि घर फर्काउने ? ल्यायो नयाँ नियम

बिहिबार भदौ १९ , २०८२
सामाजिक सञ्जाललाई कानुन र करको दायरामा ल्याउने सरकारको तयारी

अब कुन–कुन सञ्जाल चल्छन् नेपालमा ?

बिहिबार भदौ १९ , २०८२
साउनदेखि युट्युब, फेसबुक, टिकटक, नेटफ्लिक्स, अनलाइन व्यापारसहितका सेवाहरुले कर तिर्नुपर्ने

सामाजिक संजालले सरकारको के बिगार्याे ? अब के असर पर्छ ?

बिहिबार भदौ १९ , २०८२

हालका पोस्टहरू

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

लादेनलाई मार्ने टोली उत्तर कोरियामा गएको थियो, को थियो लक्षित ?

शनिबार भदौ २१ , २०८२
आज तोलामा १८ सय रुपैयाले घट्यो सुन

सुनको मूल्य आगामी वर्ष ३ लाख, २०३०सम्म तोलाको ४ लाख पुग्ने

शनिबार भदौ २१ , २०८२
मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

मोरोक्को विश्वकप २०२६मा छनोट हुने पहिलो अफ्रिकी राष्ट्र

शनिबार भदौ २१ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.