×

NEPAL TIMES UPDATES

Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026
Playing
अवैध घरटहरा हटाउन ४ हजार बढी जनशक्ति परिचालन|| Nepal Times
Apr 25, 2026
Playing
एकातिर वार्ता, अर्कातिर इरानी डुंगालाई देख्नेबित्तिकै गोली हा न्ने आदेश || Nepal Times
Apr 25, 2026
Playing
माननीय विश्वराजलाई मान पुगेन,महावीरले भने कि माफी माग कि फिर्ता बोलाउ|| Nepal Times
Apr 25, 2026
Playing
बस्ती खाली गरियो, सुकुम्बासीलाई कहाँ लगियो ?|| Nepal Times
Apr 25, 2026
Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026

रोनाल्डो बिरुद्द युइएफएले गर्ने भयो छानबिन : यस्तो छ कारण

५ चैत्र २०७५

एजेन्सी, चैत्र ५
चाम्पियन्स लिग प्रतियोगिताको अन्तिम १६ अन्तर्गत भएको स्पेनिस एथ्लेटिको मड्रिडविरुद्धको खेल दौरान गोलपछि रोनाल्डोले ‘खराब सेलिब्रेसन’ गरेर आफ्ना भ्रमणकारी समर्थकहरूको अपमान गरेको भन्दै एथ्लेटिकोले खेलको ३ दिनपछि अफिसियल रूपमा रोनाल्डोविरुद्ध उजुरी दर्ता गराएको हो । युभेन्टसलाई संकटपूर्ण अवस्थाबाट कमब्याक जित दिलाउन निर्णायक भूमिका खेलेका रोनाल्डोले खेल दौरान दोस्रो गोलपछि ‘दुई हात गोप्य अंगतर्फ लगेर अश्लील आशयको सेलिब्रेसन’ गरेका थिए ।

बुधबार युभेन्टसको घरमा भएको सो खेलमा युभेन्टसलाई शानदार जित दिलाउन रोनाल्डोले शानदार प्रदर्शन गर्दै सनसनीपूर्ण ह्याट्रिक गरेका थिए । पहिलो लेग २–० ले हारे पनि दोस्रो लेगमा युभेन्टसले ३–० को जित निकाल्दै अन्तिम आठमा स्थान बनाउँदा एथ्लेटिको भने प्रतियोगिताबाटै आउट भयो । एथ्लेटिकोले पोर्चुगिज फरवार्डविरुद्ध लीखित रूपमै छानबिन तथा कारबाही माग गर्दै उजुरी दर्ता गराएको हो ।

Advertisement
Advertisement

उनले त्यस्तै सेलिब्रेसन गरेका थिए, जस्तो अघिल्लो लेगमा एथ्लेटिको मड्रिडको घरमा युभेन्टसविरुद्ध एथ्लेटिकोले दोस्रो गोल गरेपछि टोलीका प्रशिक्षक डिएगो सिमोनीले गरेका थिए ।

तर, यी दुईमा फरक यो छ कि, सिमोनीले आफ्नै घरेलु दर्शकप्रति इंगित गर्दै त्यस्तो सेलिब्रेसन गरेका थिए भने रोनाल्डोले भने युभेन्टसको घरमा एथ्लेटिकोको पाहुना दर्शकतिर फर्किएर सो सेलिब्रेसन गरेका थिए । यसबाट पाहुना समर्थकको अपमान भएको एथ्लेटिकोले आफ्नो उजुरीमा दाबी गरेको छ ।

यदि युइएफएको छानबिनमा रोनाल्डो दोषी ठहर भए उनीमाथि कम्तीमा आगामी एक खेलदेखि बढीमा ३ खेलसम्म प्रतिबन्ध लाग्नेछ । यदि उनीमाथि खेल प्रतिबन्धको निर्णय नभए आर्थिक जरिमानाको फैसला हुनेछ ।

Advertisement

युइएफएले रोनाल्डोमाथि छानबिनको निर्णय अबको ३ दिनपछि मार्च २१ तारिखमा गर्ने जनाएको छ । रोनाल्डो अहिले राष्ट्रिय टोलीमा सहभागी हुन पोर्चुगल गएका छन् । यसअघि एथ्लेटिकोका प्रशिक्षक सिमोनीलाई पनि उस्तै सेलिब्रेसन गरेको विषयमा युइएफएले १७ हजार युरो रकम जरिमाना भराएको थियो । च्याम्पियन्स लिगको अन्तिम आठमा युभेन्टसले डच टिम आयाक्स प्रतिस्पर्धी पाएको छ । अब यदि रोनाल्डो प्रतिबन्धमा परे युभेन्टस महत्त्वपूर्ण चरणमा ठूलो संकटमा पर्ने खतरा बढेको छ ।

भर्खरको समाचार

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

सम्बन्धित खबरहरु

Scroll to Top