गाउँले र लम्साललाई सूचनाको अधिकार पुरस्कार

८ चैत २०७५, शुक्रबार
Share this
736shares

विराटनगर, चैत ८
नेपाल पत्रकार महासंघ मोरङ शाखाले महासंघ स्थापना दिवसमा अवसरमा प्रदान गर्दै आएको षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार यस वर्ष नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष तथा खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेलाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि ५१ हजार रुपैयाँ छ ।

Advertisement

त्यस्तै, शाखाले यस वर्षको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार नयाँ पत्रिकाका १ नम्बर प्रदेश सम्वाददाता तथा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य गणेश लम्साललाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशि ११ हजार रुपैयाँको छ । दुबै पुरस्कार चैत १६ गते पत्रकार महासंघको ६४ औं स्थापना दिवसका अवसरमा प्रदान गरिने छ ।

षष्टिका बस्नेत सूचनाको अधिकार पुरस्कार वि.सं. २०७३ सालमा स्थापना भएको हो । सूचनाको अधिकार क्षेत्रमा क्रियाशील अभियन्ता, विराटनगर–११ निवासी केदारबहादुर बस्नेतले आफ्नी दिवगंत धर्मपत्नीको स्मृतिमा स्थापना गरेका हुन् । उनले पुरस्कारका लागि नेपाल पत्रकार महासंघ मोरङ शाखाअन्तर्गत सात लाख रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् ।

Advertisement

यो पुरस्कार देशको कुनै पनि भू–भाग वा जिम्मेवारी रहेर नागरिक र सूचनाको हक प्राप्तिका लागि जागरण अभियानको नेतृत्व गर्ने, सञ्चार माध्यमबाट प्रचारप्रसार गर्ने र नीति निर्माण तहमा रहेर महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति वा संस्थालाई प्रदान गरिदै आएको छ ।

शाखाले यसअघि विनय कसजू र तारानाथ दाहाललाई पुरस्कार प्रदान गरेको छ । त्यस्तै गतवर्ष स्थापना गरिएको षष्टिका बस्नेत सूचनाको अधिकार प्रोत्साहन पुरस्कार सूचना अभियन्ता राजु श्रेष्ठलाई प्रदान गरिएको थियो । १ नम्बर प्रदेशमा रहेर सूचनाको अधिकार क्षेत्रमा काम गरिरहेका अभियन्ता वा पत्रकारलाई प्रदान गर्नेगरी यो पुरस्कार विं.सं.२०७४ देखि प्रदान गर्न थालिएको हो ।

Advertisement

यस वर्षको पुरस्कृत प्रतिभाहरू छनौट गर्नका लागि नेपाल पत्रकार महासंघ मोरङ शाखाले अध्यक्ष बन्धु पोखरेल–संयोजक, अग्रज पत्रकार यज्ञ शर्मा र सूचना अभियन्ता निर्मल तामाङ सदस्य रहेको समिति निर्माण गरेको थियो । सोही समितिको सिफारिशका आधारमा शाखाले पुरस्कृत व्यक्तिको नाम घोषणा गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top