काठमाडौं, चैत १०
माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नायिका करिश्मा मानन्धर पनि सहभागी भएकी छन् । आजबाट सुरू भएको एसईईमा उनी विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । परीक्षा दिनका लागि मानन्धर आफैं बा९च ४२६ नम्बरको कार हाँकेर परीक्षा केन्द्र पुगेकी थिइन् । उनी त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् ।
१४ वर्षको उमेरमा ७ कक्षा पढ्दापढ्दै पढाइ छोडेर फिल्ममा आएकी थिइन् उनी पछिल्लो समय नयाँ शक्ति पार्टीमार्फत राजनीतिमा लागेपछि उनलाई पढाइको अभाव खट्कियो । त्यसपछि उनी मैतीदेवीस्थित त्रिवेणी स्कुलमा ८ कक्षा भर्ना भएर पढ्न थालेकी हुन् ।

उनी अहिले ४५ वर्ष पुगेकी छन् । म्याथ र अकाउन्टको ट्यूसन समेत पढेकी उनले उनले यीनै दुई विषयमा बढी अंक ल्याउने अपेक्षा गरेको बताइन् । तर, उनलाई गाह्रो लाग्ने विषयचाहिँ विज्ञान हो । करिश्माले भनिन् : ‘एसईईमा मेरा लागि साइन्स नै सबैभन्दा च्यालेन्जिङ हुने वाला छ । ’
यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।









