×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

पूर्वाञ्चल विश्वविद्यालय विवादमा कांग्रेस पनि पस्यो

१० चैत्र २०७५

विराटनगर, चैत १०
पूर्वाञ्चल विश्वविद्यालयमा सरकारले हस्तक्षेप गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आन्दोलन सुरु गरेको छ । प्राज्ञिक क्षेत्रमा हस्तक्षेप गरी सेवा आयोगको काममा समेत हस्तक्षेप भएको ठहर गर्दै कांग्रेसले नियम विपरीतका क्रियाकलाप रोक्न सरकारको ध्यानाकर्षण गराएको छ ।

आइतबार जिल्ला प्रशासन कार्यालय मोरङमार्फत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र पठाउँदै हस्तक्षेप नरोकिए चरणबद्ध आन्दोलनमा जाने मोरङ कांग्रेस सभापति डिगबहादुर लिम्बुले बताए ।

Advertisement
Advertisement

मोरङका प्रमुख जिल्ला अधिकारी रमेश केसीमार्फत् कांग्रेसले प्रधानमन्त्रीलाई पठाएको ज्ञापनपत्रमा विश्वविद्यालयको प्राज्ञिक स्वतन्त्रता र स्वायत्तताको आधारभूत अधिकार बमोजिम पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो शैक्षिक एवम् प्राज्ञिक गतिविधि अगाडि बढाउँदै लगेको अवस्थामा विभिन्न तहमा पूर्वाञ्चल विश्व विद्यालय ऐन–नियमभित्र रही नियुक्ति प्रक्रिया भइरहेको र सेवा आयोगले आफ्नो नियमित काम गरेको अवसथमा प्रधानमन्त्रीको तोक आदेशमा हुँदै गरेका परीक्षा स्थगन गर्ने परिपाटी बसेको कांग्रेसको आरोप छ ।

‘‘सहउपकुलपति रहेका शिक्षामन्त्री पोखरेलले प्रधानमन्त्रीले समेत प्रधानमन्त्रीको हवाला दिएर पत्र पठाई आफन्त नियुक्तलाई सदर गर्नु विश्व विद्यालयको इतिहासमा पहिलो पटक हस्तक्षेप भएको छ’’ ज्ञापन पत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझाउदै लिम्बुले सबै स्वायत्त क्षेत्रहरुमा हस्तक्षेप गर्ने सरकारको नीति देखिएको बताउँदै उनले यसलाई रोक्न काग्रेस अघि बढेको बताए ।

विश्वविद्यालयमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलका भतिजा शैलेशमणि पोखरेललाई गत भदौमा चिकित्सा शास्त्र संकायको डिनमा नियुक्त गरिएको थियो ।

Advertisement
Advertisement

उनको नियुक्तिलाई मान्यता दिलाउन शिक्षामन्त्री नै लागेको तर पुस अन्तिम साता परिषद्ले नियुक्त गरेका सहरजिस्ट्रार समन्वय महाशाखा प्रमुख राजेश झा, विज्ञान तथा प्रविधि संकायको सहडिनमा गोपाल शर्मा र कला, कानुन तथा शिक्षा संकायको सहडिन कोमल दुलाललाई कुनै पनि काम नगराउन निर्देशन दिएसँगै विश्वविद्यालयमा थप विवाद सिर्जना भएको थियो ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top