कांग्रेसको बद्नाम गराउने सदस्यलाई कारबाही गर्ने निर्णय

काठमाडौं, चैत १२
नेपाली कांग्रेसले पार्टीहित विपरितका गतिविधि गर्ने सदस्यलाई कारबाही गर्ने निर्णय गरेको छ । कांग्रेस केन्द्रीय अनुशासन समितिको प्रथम बैठकले पार्टीको हितविपरित गतिविधि गरेको प्रणाणसहित चैत मसान्तभित्र परेको उजुरीउपर कारबाही गर्ने निर्णय गरेको हो ।

Advertisement

‘पार्टीका कुनै पनि सदस्यले पार्टी हित विपरितका कुनै काम, कारबाही र गतिविधि गरेको भएमा त्यस्ता काम, कारबाही र गतिविधिका विरुद्धमा प्रमाणसहित २०७५ चैत्र मसान्तभित्र केन्द्रीय अनुशासन समिति समक्ष प्राप्त हुन आएका उजुरीहरु उपर मात्र केन्द्रीय अनुशासन समितिले छानवीन गरी निर्णय गर्ने व्यहोरा यसै सूचनामार्फत जानकारी गराईन्छ,’ सो पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।’ मुख्यसचिव पौडेलका अनुसार कांग्रेसको बद्नाम हुने गरी गतिविधि गर्ने सदस्यहरुलाई कारबाही गर्ने गरी निर्णय गरिएको हो ।

बैठकले पार्टी हित र विधानको मर्मविपरितको कुनै पनि गतिविधि नगर्न सदस्यहरुलाई सचेत पनि गराएको छ । यस्तै, बैठकले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यविधि २०७५ लाई पारित गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top