प्रधानमन्त्रीको पहलमा धनकुमारीलाई नागरिकता

१४ चैत ७५, शुक्रबार

काठमाडौं : नुवाकोटको लिखु गाउँपालिका–४ चौघडाकी धनकुमारी राईले बिहीबार नागरिकता र सामाजिक सुरक्षा भत्ताको कार्ड प्राप्त गरेका थिए ।

थापाथलीको पछिल्तिर रहेको सुकुम्बासी बस्तीछेउ भेटिएकी राईलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्कोे पहल तथा जिल्ला प्रशासन कार्यालय नुवाकोेटको सहकार्यमा नागरिकताको प्रमाणपत्र र सामाजिक सुरक्षा भत्ताको प्रमाणपत्र दिइएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री कार्यालयले धनकुमारीको वस्तुस्थितिबारे जानकारी लिन जिल्ला प्रशासन कार्यालय नुवाकोट र नुवाकोटका प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापालाई १० गते आइतबार निर्देशन दिएको थियो ।

Advertisement

जिल्ला प्रशासन कार्यालय नुवाकोटमा धनकुमारीको नागरिकता र सामाजिक सुरक्षा भत्ताको छानविनका लागि प्रधानमन्त्रीले चासो राखेका थिए । नुवाकोटका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) थापाले धनकुमारीको नागरिकता सम्बन्धित व्यक्तिलाई जिम्मा लगाइएको नेपाल समाचारपत्रलाई बताए । राईलाई छोरीले काठमाडौबाट नुवाकोट लगेका थिए ।

‘गाउँका स्थानीय रोहित राईले संरक्षण गरिदिने भन्दैै बृद्धा धनकुमारीको नागरिकताको प्रमाणपत्र लगेका रहेछन्, उनीसँग मागेर हामीले धनकुमारीका छोरी र नातीलाई बुझाएका छौ’ प्रमुख जिल्ला अधिकारी थापाले भन्नुभयोे ।

Advertisement

धनकुमारीलाई प्रशासनको रोहबरमा पुरानै नागरिकता दिइएको हो । जिल्ला प्रशासन कार्यलय नुवाकोेटबाट २०४९ सालमा लिइएको राईको नागरिकता नम्बर ३२८७४/४००८ रहेको सहायक प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले बताउनुभयो ।, याे खबर आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top