प्रहरीले लखेट्दा विप्लव कार्यकर्ता दुर्घटनामा

प्रहरीले लखेट्दा विप्लव कार्यकर्ता दुर्घटनामा

विराटनगर : पक्राउ गर्न प्रहरीले लखेट्दा नेत्रविक्रम चन्द विप्लव समुहका नेता गम्भीर घाइते भएका छन् । बिहीबार साँझ विराटनगरबाट प्रहरीले लखेटेपछि भाग्ने क्रममा विप्लव समुहका मोरङ सचिव नवराज भट्टराई दुर्घटनामा परी घाइते भएका हुन् ।

दुर्घटना परेका उनको टाउकोमा गम्भीर चोट लागेको छ ।विराटनगर बजार क्षेत्रमा प्रहरीसँग जम्काभेट भएपछि भागेका भट्टराईलाई प्रहरीको भ्यानले पिछा गरेको थियो । भाग्ने क्रममा पुष्पलाल चोकदेखि उत्तरतर्फ पुगेका भट्टराईको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किएर दुर्घटनामा परेको थियो ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.