आईपीएलमा सन्दीपको सानदार सुरुवात, सुरुमै लिए विकेट

आईपीएलमा सन्दीपको सानदार सुरुवात, सुरुमै लिए विकेट

एजेन्सी, चैत १६
जारी आईपीएलमा दिल्ली क्यापिटल्सका लागि कोलकाता नाइट राईडर्सविरुद्धको खेलमा नेपाली स्पिनर सन्दीप लामिछानले सानदार सुरुवात गरेका छन् ।

उनले खेलको सुरुवातीमै विकेट हात पारेका छन् । सन्दीपले सुरुवाती दुई ओभरमा एक विकेट लिँदै मात्र ७ रन खर्चेका छन् । इनिङसको दोस्रो ओभरमा नै बलिङ गर्न आएका सन्दीपले आफ्नो ओभरमा मात्र १ रन खर्चे । पहिलो ओभरमा कागीसो रबाडाले १२ रन खर्चेपछि दिल्लीले सन्दीपलाई बलिङमा ल्याएको थियो ।

सन्दीपले निखिल नाईकलाई पहिलो पाँच बल डट गराएका थिए भने अन्तिम बलमा १ रन दिएका थिए । उनको चौथो बलमा कप्तान श्रेयस ऐरले कट बिहाइन्डको अपिल गर्दै रिभ्यु लिएपनि ‘एज’ नलागेको देखिएको थियो ।

चौथो ओभरमा व्यक्तिगत दोस्रो ओभर लिएर आएका सन्दीपको पहिलो बलमा क्रिस लिनले एक रन लिए । दोस्रो बलमा नाईकले लामो सट खेल्ने असफल प्रयास गरे र तेस्रो बलमा पनि ब्याटमा कनेक्ट हुन सकेन । निकै दवावमा रहेका नाईक चौथो बलमा डिफेन्स गर्ने धुनमा एलबीडब्लू धरापमा परे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.