एसईई दिने विद्यार्थीले ‘ए टु जेड’मा मोबाईल किन्दा ३२ इन्चको एलईडी

विराटनगर, चैत १७
विराटनगरको जलजला चौकमा रहेको ‘ए टु जेड मोबाईल केयर’ ले एसईई दिने विद्यार्थीहरुलाई लक्षित गरी विशेष अफर ल्याएको छ ।

मोबाईल केयरले जुनसुकै मोबाईल खरिद गर्ने एसईई परीक्षार्थीलाई लक्की ड्र मार्फत ३२ इन्चको एलईडी टिभी जित्ने सुनौलो अवसर ल्याएको हो । लक्की ड्र आइतबारबाट सुरु भईसकेको र बैशाख २ गतेसम्म लागू हुने ए टु जेड मोबाईल केयरका सन्चालक जगदीश डागाले बताए ।

लक्की ड्रको अन्तिम नतिजा बैशाख २ गते नै सार्वजनिक गरिने पनि उनले जानकारी दिए । मोबाईल केयरले एसईई परीक्षार्थी बाहेक अन्य ग्राहकहरुलाई पनि विशेष छुट दिईरहेको छ । सो मोबाईल केयरले सामसुङ, ओप्पो, लाभा, भिभो, एमआई लगायत सबै ब्राण्डका मोबाईलहरुको कारोबार गर्दे आएको छ ।

Scroll to Top