करनको ह्याट्रिकसँगै दिल्लीको नाटकीय हार,सन्दीपको पहिलो ब्याटिङ

१९ चैत ७५, मंगलबार
Share this
744shares

एजेन्सी, चैत १९
जारी आईपीएल अन्तर्गत सोमबार राती भएकोे १३ औँ खेलमा किंग्स इलाभेन पन्जावसँग दिल्ली क्यापिटल्सले नाटकीय हार ब्योहोरेको छ ।इंग्ल्यान्डका युवा खेलाडी साम करनले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक विकेट लिएपछि दिल्ली पन्जावसँग १४ रनले पराजित भयो ।

Advertisement

पन्जाबले प्रस्तुत गरेको १ सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्ली १९.२ ओभरमा अल आउट हुँदै १ सय ५२ रनमा समेटियो । अन्तिम १६ बलमा ८ रन जोड्दा ७ विकेट गुमाएपछि दिल्लीले नाटकीय हार बेहोरेको हो । कुनै समय दिल्ली १६.४ ओभरमा १४४–४ को बलियो अवस्थामा थियो । तर पन्त आउटभएसँगै निरन्तर विकेट गुमाउँदै रन जोड्न विकेट गुमाएपछि नाटकीय हार खान पर्यो ।

Advertisement

पन्जाबको जितमा करनले ह्याट्रिक गरे । करनले १८ औं ओभरको अन्तिम बलमा हर्षल पटेल तथा २० औं ओभरको पहिलो बलमा कागिसो रबाडा र दोस्रो बलमा सन्दीप लामिछानेलाई बोल्ड गर्दै ह्याट्रिक पुरा गरे । अन्तिम पङ्तीमा आएका सन्दीपको विकेटसँगै खेलको नतिजा पनि पक्का भएको थियो । त्यसअघि पन्तलाई १६.४ ओभरमा मोहम्मद शामीले बोल्ड आउट गरे । लगतै क्रिस मोरिस शून्यमा रन आउट भएपछि दिल्ली केहि दवावमा पर्यो ।

Advertisement

१७.४ ओभरमा साम करनले कोलिन इनग्रामलाई ३८ रनमा क्याच आउट भएपछि दिल्लीको जित कठिन बन्न पुग्यो । कोलिनले २९ बलमा ४ चौका र १ छक्का प्रहार गरे । लगत्तै अन्तिम बलमा करनले हर्षल पर्टेललाई विकेटकीपर के एल राहुलबाट शून्यमा क्याच आउट गरेपछि दिल्ली ठूलो समस्यामा परेको थियो । मोहम्मद शामीले १९ औं ओभरको तेस्रो बलमा हनुमा विहारीलाई २ रनमा बोल्ड आउट गरेपछि दिल्लीको जितको सम्पूर्ण सम्भावना सकिएको थियो ।

ओपनर पृथ्वी शा लाई शून्यमा गुमाएको दिल्लीका अर्का ओपनर शिखर धवनले २५ बलमा ४ चौका प्रहार गर्दै ३० रन जोडे । कप्तान श्रेयर ऐरले २२ बलमा ५ चौका प्रहार गर्दै २८ रन जोडे । ऋषभ पन्तले २६ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै ३९ रनको योगदान दिए । पन्जावलाई नाटकीय जित दिलाउन लागि साम करनले मात्र २।२ ओभरमा ११ रन खर्चेर ४ विकेट लिए । कप्तान रविचन्द्र आश्विनले र मोहम्मद शामीले समान २ विकेट लिए ।

त्यस अघि चण्डीगढ क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६६ रन बनायो । क्रिस गेललाई बेन्चमा राखेर मैदान उत्रेको पन्जाबका लागि डेबिड मिलरले सर्वाधिक ४३ रनको योगदान दिए । मिलरले ३० बलमा ४ चौका र २ छक्का प्रहार गरे । मन्दीप सिंहले २१ बलमा २ चौका र १ छक्का प्रहार गर्दै २९ रनमा अविजित रहे ।

सरफराज खानले २९ बलमा ६ चौका प्रहार गर्दै ३९,साम करनले १० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २० र केएल राहुलले १५ रन जोडे । करन र खान दुबै सन्दीपको सिकार बनेका थिए । मयंक अग्रवाल ६ बटुल्न बाहेक अन्य कुनैपनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेन ।
पन्जावलाई सस्तैमा रोक्न सन्दीपले ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिए । त्यस्तै क्रिस मोरिसले पनि ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । कागीसो रबाडाको नाममा २ विकेट रह्यो ।

यसअघि पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ३७ रनले हराएको दिल्ली दोस्रो खेलमा चेन्नई सुपर किंग्ससँग ६ विकेटले पराजित भएको थियो । तेस्रो खेलमा कोलकता नाइट राइडर्सलाई सुपर ओभरमा हराएको थियो । दिल्लीले आफ्नो पाँचौ खेल आगमी सनराइजर्स हैदराबादसँग अप्रिल ४ मा खेल्ने छ ।यस अघि पहिलो खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराएको पन्जाव कोलकतासँग २८ रनले हारेको थियो । मुम्बईलाई भने ८ विकेटले हराएको थियो ।

सन्दीपको ४ ओभर :
दिल्लीले सन्दीपलाई चौथो ओभरमै बलिङ गर्न ल्याएको थियो । सन्दीपको पहिलो बलमा मयंक अग्रवालले १ रन लिए,दोस्रो बलमा डट गराए । तेस्रो बलमा साम करनले दुई रन लिए । चौथो बलमा करनले सन्दीपलाई छक्का प्रहार गरे । तर पाँचौ बलमा भने सन्दीपले करनलाई २० रनमा एलवी डब्लु आउट गर्दै पेभिलिएन फर्काए । छैटौं बलमा सरफराज खानले १ रन दिए ।

सन्दीपले ७ औं ओभरमा ४ रन खर्चिए । सन्दीपले पहिलो र दोस्रो बलमा अग्रवाललाई डट गराए । अन्य चार बलमा सन्दीपले ४ रन मात्र खर्चिए । १२ औं ओभरको पहिलो बल लेग वाईका रुपमा डेविड मिलरले १ रन लिए । दोस्रो बल सरफराज खानलाई डट गराए । सन्दीपले तेस्रो,चौथो र पाँचौ बलमा समान एक रन खर्चे । अन्तिम बलमा डेविड मिलरले छक्का प्रहार गरे । यस ओभरमा १० रन खर्चिए ।

सन्दीपले १४ औं ओभरको पहिलो बलमा मिलरलाई डट गराए । दोस्रो बलमा मिलर र तेस्रो बलमा खानले समान १ रन लिए । चौथो बलमा मिलरलाई १ रन दिए । पाँचौ बलमार सन्दीपले सरफराज खानलाई विकेटकीपर ऋषभ पन्तबाट ३९ रनमा क्याच कट बिहाइन्ड निकाल्दै आफ्नो नाममा दुई विकेट लेखाए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top