एजेन्सी, चैत २१
सन् २०१९ को बहुप्रतीक्षीत हिन्दी चलचित्र‘कलंक’ को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर बुधबार युट्युब मार्फत सार्वजनिक गरिएको हो ।
अप्रिल १७ बाट विश्वभर रिलिज हुने सो चलचित्रले भारत स्वतन्त्र हुनु पहिलेको धनाड्य परिवारको कथा बोकेको छ । चलचित्रमा भारत पाकिस्तान छुट्टिनु पुर्व सृजना भएको द्वन्दलाई देखाउन खोजिएको बताइएको छ ।
केही समयअघि सार्वजनिक भएको चलचित्रको टिजरले दर्शकबाट वाहवाही कमाएको थियो । अभिषेक वर्माको लेखन तथा निर्देशन रहेको चलचित्रमा करण जोहर, साजिद नाडियाडवाला, हिरो यश जोहर र अपूर्व मेहताको लगानी रहेको छ । यसैगरी सजंय दत्त, वरुण धवन, सोनाक्षी सिंन्हा, आलिया भट्ट, माधुरी दीक्षित, आदित्य रोय कपूर लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।









