मोरङमा नागरिकता लिनेको भिड,लागु गरियो टोकन प्रणाली

मोरङमा नागरिकता लिनेको भिड,लागु गरियो टोकन प्रणाली

विराटनगर : जन्मको आधारमा नेपाली नागरिकता पाएका सन्तानले वंशजको नागरिकता पाउन थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा नागरिकता लिनेको भीँड बढेको छ । दिनदिनै नागरिकता लिनेको भिड बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय मोरङले टोकन प्रणाली लागु गरेको छ ।

नागरिकता लिन आउनेलाई पर्खेर अर्कोदिन आउन नपरोस् भन्दै आईतबारबाट टोकन लागु गरेको सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए । गृह मन्त्रालयले चैत १९ गते देशभरका ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरी जन्मका आधारमा नागरिकता पाएका बाबुआमाका सन्तानलाई वंशजका आधारमा नागरिकता दिन निर्देशन दिएपछि नागरिकता लिनेको भिड लाग्न थालेको हो ।

जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रजिअ पाण्डेले ७ गतेसम्म टोकन वितरण गर्न लागेको जानकारी दिए । पाण्डेका अनुसार त्यहाँ दैनिक २ सयभन्दा बढी नागरिकता वितरण हुँदै आएको छ ।,यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.