सिक्टा आयोजनाको जग्गा पनि व्यक्तिको नाममा

सिक्टा आयोजनाको जग्गा पनि व्यक्तिको नाममा

नेपालगन्ज : भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ ।,यो समाचार आजको नागरिक दैनिकमा छ ।

राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र मालपोत कर्मचारी मिलेर व्यक्तिको नाममा गराएका हुन् ।

कर्मचारीसँग मिलेर किर्ते कागज बनाई भूमाफिया खैरुल हसन अन्सारीले नौ महिनाअघि आफ्नी आमा हसरतुन निशा अन्सारीको नाममा गराएको तथ्य खुलेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.