×

NEPAL TIMES UPDATES

Playing
राप्रपा पार्टी विघटन गर्न प्रस्ताव, राजेन्द्र लिङ्देमाथि ९ बुँदे आरोप || Nepal Times
Apr 19, 2026
Playing
Top 15 Afternoon News || April-19-2026 || Nepal Times
Apr 19, 2026
Playing
यु द्ध दोहोरिए विश्वव्यापी हुने, Iranले २०२६को नयाँ Missile हान्ने || Nepal Times
Apr 19, 2026
Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026

फिल्ममा २०७५ : १२० फिल्म मध्ये ८५ प्रतिशत सुपर फ्लप, कुन कुन भए उत्कृष्ट ?

३० चैत्र २०७५

काठमाडौं , चैत ३०

२०७५ सालमा १२० भन्दा बढी फिल्म निर्माण भएर रिलिज पनि भए । तर मुस्किलले एक दर्जन फिल्मले मात्रै व्यवसायिक सफलता चुमे । त्यसमा पनि दर्शकको मन जित्ने चलचित्रको संख्या अझै न्युन रह्यो ।

Advertisement
Advertisement

त्यसरी ढुंगा फोरेर पिपल उम्रे झै सफलताको स्वाद चाख्ने फिल्महरुमा २०७५ सालको ‘छक्का पन्जा ३’, ‘नाई नभन्नु ल ५’, ‘जय भोले’, ‘क्याप्टेन’ ‘प्रसाद’, ‘इन्टु मिन्टु लन्डन’, ‘चंगा चेट’, ‘राम कहानी’, ‘साईली’, ‘कायरा’, आदि हुन् ।

यी बाहेकका ७ प्रतिशत फिल्मले लगानी खर्च उठाएका छन् भने बाँकी अन्यले न दर्शक पाए न लगानी उठाए । नबुझेर केहि फिल्महरु चलेको देखेर फिल्म उत्पादन गर्न लाग्नेहरुको क्रेज बढ्दै गएको छ । फिल्म क्षेत्रमा दर्शकको माग अनुसारको फिल्म उत्पादन गर्न नसक्दा नेपालमा झण्डै ९० प्रतिशत फिल्म फल्प हुँदै आएको छ ।

केहि अल्पसङ्ख्य फिल्मको राम्रो व्यापार भएको देखेर यस क्षेत्रमा नबुझि प्रवेश गर्नेहरुको संख्या बढ्दै गएको फिल्म निर्माता संघको अध्यक्ष आकाश अधिकारीले बताए ।

फिल्म चर्चित हुनका लागि निर्माताको मात्र नभई कलाकारको पनि हात रहेको अनुभव सुनाउँदै उनी भन्छन्–‘नबुझि जस्तै मान्छे पनि यस क्षेत्रमा लाग्ने हुँदा फिल्म प्रतिको मात्र होइन, कलाकार प्रतिको हेर्ने दृष्टिकोणका नराम्रो बन्दै गएको छ । साथै दर्शकको फिल्म प्रतिको अपेक्षा कम हुँदै गएको उनको बुझाई छ ।

चलचित्र निर्माणको संख्या बढे पनि चलचित्र प्रदर्शनी गर्ने हलहरुको संख्या भने घट्दो छ । कुनै समय नेपालमा ३०० भन्दा बढी हल भएकोमा अहिले २४० भन्दा कम भएका छन् । हलको संख्या घटे पनि हलको गुणस्तर भने राम्रो हुँदै गएको छ ।

२०७५ सालका उत्कृष्ट फिल्महरु

गत साउन महिनादेखि प्रदर्शन भएका १२० चलचित्र मध्य आर्थिक स्तरमा उच्च स्थान राख्न ‘छक्का पन्जा ३’ सफल भएको छ । निर्देशक दिपाश्री निरौलाको निर्देशनमा रहेको सो चलचित्र टप १ मा परेको छ । ‘छक्का पन्जा १’ र ‘छक्का पन्जा २’ को सफलतासँगै ‘छक्का पन्जा ३’ निर्माण भएको हो । यो फिल्म २०७५ साल कै सर्वाेत्कृट चलचिलको रुपमा रहेको बक्स अफिसले जानकारी दिएको छ । दिपकराज गिरी, प्रियका कार्की, दिपिका पर्साइ, केदार घिमिरे, लक्ष्मी गिरी, किरण, केसी, शिवहरी पौडेल, अनुराग कुवर आदीको अभिनय रहेको यस फिल्मको २०७५ साल साउनदेखि मूल्यकन गरिएको चलचित्रहरु मध्ये पहिलो स्थानमा रहेको छ ।

यस वर्षको टप टेन चलचित्र भित्र ‘नाई नभन्नु ल ५’ले दोस्रो स्थान ओगट्न सफल भएको छ । २४ अगस्ट २०१८ मा रिलिज भएको चलचित्रले राम्रो आम्दानी गर्न सफल रहेको छ । विकासराज आचार्यको निर्देशनमा निर्माण भएको सो चलचित्रले पाठकको रुचिलाई मध्यनजर गरेको देख्न सकिन्छ । निरुता सिहं, दिलिप रायमाजी, प्रियका कार्की, स्वास्तिमा खड्का, केकी अधिकारी, अनुभव रेग्मी, सेड्रिना शर्मा आदिको अभिनयमा प्रमुख भूमिका रहेको ‘नाई नभन्नु ल ५’ बुढासुब्बा डिजिटलले डिट्रिब्यूट् गरेको थियो ।

त्यस्तै क्रमश ‘जय भोले’, ‘क्याप्टेन’, ‘प्रसाद’, ‘इन्टुमिन्टु लन्डनमा’, ‘चंगा चेट’, ‘राम कहानी’, ‘साईली’, र ‘काईरा’ २०७५ साल साउनदेखि चैत्र २४ गते सम्म १० उत्कृष्ट चलचित्र भित्र मनोनित रहेको छन् । अशोक शर्माको निर्देशनमा बनेको चलचित्र ‘जय भोले’ यस वर्षको टप ३ मा पर्न सफल फिल्ममा स्वस्तिमा खड्का, खागेन्द्र लामिछाने र सौगात मल्लको मुख्य भूमिका रहेको थियो ।

भुवन केसीको निर्देशनमा रहेको ‘क्याप्टेन’ फिल्म यस वर्षको १० उत्कृष्ट चलचित्रको ४ औं स्थानमा परेको छ । अनमोल के.सी, उपासना सिहं, सुनिल थापा, सरोज खनाल, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, पियंका एमभी आदिको चलचित्र विकास वोर्डको शाखा बक्स अफिसका अनुसार यस वर्ष आर्थिक एवं सर्वसाधरणले रुचाएको जानकारी दिएका छन् ।

दिनेश रावतको निर्देशनमा रहेको ‘प्रसाद’ फिल्म दर्शक सामु लोकप्रिय बन्न पुगेको थियो । विपिन कार्की, नम्रता श्रेष्ठ र निष्चल बस्नेतको मुख्य भूमिका रहेको सो फिल्ममा उत्कृष्ट ५ मा पर्न सफल भएको छ ।

‘इन्टु मिन्टु लन्डनमा’ स्तरमा यो फिल्म वर्षभरिको टप ६ मा पर्न सफल भएको छ । रेनेन्सा वान्तावा राईको निर्देशकमा रहेको उक्त फिल्ममा साम्राजी राज्यलक्ष्मी शाह र धिराज मगर अभिनिय फिल्म प्रेमकथामा आधारित रहेको छ ।

माधव वाग्ले र सर्मिला पाण्डेको निर्देशनमा रहेको फिल्म ‘चंगा चेट’ यस वर्षको टप ७ फिल्मभित्र परेको छ । आयुमान जोशी, प्रियका कार्की, शिशिर वांग्देल, अर्पन थापाको मुख्य अभिनय रहेको छ । शुदर्शन थापाको निर्देशनमा निर्माण भएको चलचित्र ‘राम कहानी’ सेप्टेम्बर ७, २०१८ मा रिलिज भएको हो ।

आगामी दिनमा चलचित्र क्षेत्रलाई सञ्चार उद्योगमा लैजाने तयारी भईरहेको जानकारी गराउँदै संघका अध्यक्ष अधिकारीले बक्स अफिसको शुरुवात सँगै चलचित्र विकास बोर्डले सरकारी स्तरमा १५ प्रतिशत भ्याट र स्थानीय स्तरमा ५ प्रतिशत शुल्क प्रत्येक फिल्मबाट तिर्नु पर्ने व्यवस्था लागु गरेको छ ।

Advertisement

करिब १ लाख मानिसलाई रोजगारी प्रदान गरेका बनाईने फिल्म इन्डेस्ट्रिले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।
पछिल्लो समय नेपाली सिनेमाले युरोप, भारत, अमेरिका, जापान लगायत देशमा समेत स्थान पाउन थालेका छन् । वाहिरी देशका डिजिटल सिनेमा हलमा नेपाली चलचित्र कम्तिमा १५ लाखदेखि ३५ लाखसम्ममा बिक्ने गरेको चलचित्र निर्माताहरु बताउँछन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

सम्बन्धित खबरहरु

Scroll to Top