×

NEPAL TIMES UPDATES

Playing
नेपालबारे कस्तो छ आईएमएफको प्रक्षेपण ?|| Nepal Times
Apr 19, 2026
Playing
होर्मुज आगोझैँ तनाव, जहाजहरू युटर्न, विश्व तेल बजारमा त्रास|| Nepal Times
Apr 19, 2026
Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026

फर्केर हेर्दा २०७५ : प्रगतिको पथमा अर्थतन्त्र

३० चैत्र २०७५

काठमाडौ ,चैत ३०

२०७५ साललाई फर्केर हेर्दा विभिन्न क्षेत्रले नयाँ उचाई हाँसील गर्न सफल भएका छन् । केही अप्रत्याशीत घटनाहरु घटेपनि २०७५ साल प्रगति पथमा लम्केको देख्न सकिन्छ ।

Advertisement
Advertisement

२०७५ सालमा क्रिकेट क्षेत्रमा नेपालले सफलता हासिल गरेको पाइन्छ । यसको उदाहरणका लागि युएई विरुद्ध एक दिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाली क्रिकेट टोलीले विजय हासिल गरेको थियो ।

नेपाल कम्यूनिष्ट पार्टी एकताको चरणमा प्रवेश गरेको बर्षको रुपमा समेत यस वर्षलाई हेर्न सकिन्छ । २००६ वैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी ५५ वर्षपछि पुनः एकताको चरणमा प्रदेश गरेको हो । २०१७ साल पुस १ गते राजा महेन्द्रले आरम्भ गरेको पञ्चायती शासनलाई हेर्न दृष्टिमा मतभेद उत्पन्न भएपछि २०१९ साल बैशाखमा कम्यूनिष्ट पार्टी विभाजन भएको थियो । अझैपनि समन्वयमा पूरा गर्न केही रिक्त स्थानहरु भने कायमै छन् ।

आर्थिक वृद्धि दरको सुचाङ्क हेर्दा २०७५ साललाई राम्रै मान्न सकिन्छ । यहीँ बर्षमा आर्थिक वृद्धि दर ६ प्रतिशत भन्दा माथि जानु सकारात्मक कुरा हो ।

भेनेयूयला प्रकरणले समेत २०७५ मा राम्रै चर्चा कमाएको पाईन्छ । यस्तै, फिल्मी क्षेत्रमा हेर्ने हो भने वडा नम्बर छ ले बजारमा सफलता हासिल गरेको छ । नाफा आर्जनको हिसाबमा समेत सफल रहेको यस्ता फिल्मले नेपाली चलचित्रमा क्षेत्रमा राम्रो शिक्षा दिएको छ ।
यस्तै, सांगीतिक क्षेत्रमा समेत ‘सालको पात टपरी हुने’ भन्ने जस्ता आधुनिक गीतले जनताको मन जित्न सफल भएका थिए । पशुपति शर्माको ‘लुटन सके लुट कान्छा’ गितले समेत सर्वाधिक चर्चामा कमाएको थियो ।

२०७५ सालमा वैदेशीक व्यापार घाटा चिन्ताजनक अवस्थामा रहेपनि पूँजिबजार भने सामान्य अवस्थामा नै जुग्रियो ।

४० देशका ७३५ जना लगानीकर्तालाई लोभ्याउदै अन्र्तराष्ट्रिय लगानी सम्मेलन सम्पन्न भयो । चैत्र १५ र १६ गते सम्पन्न भएको उक्त सम्मेलनमा करिब १३ सय जना स्वदेशी तथा विदेशी लगानीकर्ता सहभागी भएका थिए । १६ वटा परियोजना एमओयूमा हस्ताक्षर गदै सम्मेलन सफल भएको हो ।

गत भदौ १४ र १५ गते सरकारले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (विम्स्टेक) सम्मेलन सम्पन्न गरेको छ । यस्ता निकै सफलता हुदाँ हुँदैपनि २०७५ सालमा केही अप्रत्याशित घटनाहरु घटन पुगेका थिए ।

दुःखद निधन

चैत्र २६ गते मंगलबार उद्योगी तथा पूर्व सभासद् दिवाकर गोल्छाको निधन भएको थियो । किड्नी ट्रान्सप्लान्ट गरेको २ सातामा उनको निधन भएको हो । उनको उमेर ६७ वर्ष पुगेको थियो । गोल्छाको अग्रसरतामा हुलास स्टिल, हुलास वायर, श्रीराम सुगर मिल, इष्टर्न सुगर मिल, हुलास जस्तापाता लगायतका दर्जनौ उद्योग स्थापना भएका थिए । साथै, उनको नेतृत्वमा गोल्छा अर्गनाईजेशन नेपालको सबैभन्दा ठूलो घरानाको रुपमा स्थापित भएको पाईन्छ ।

रत्न मानव अधिकारकर्मी तथा वामपन्थी नेता पद्य्म रत्न तुलाधरको यसै वर्ष निधन भयो । उनी मस्तिष्कघातबाट पीडित थिए । कार्तिक १८ गते उनको निधन भएको हो । उनी २०५१ सालमा मनमोहन अधिकारीको नेतृत्वको कम्यूनिष्ट सरकारमा श्रम तथा स्वास्थ्य मन्त्री समेत बनेका थिए । २०४२ सालमा राष्ट्रिय पञ्चायतमा जनपक्षीय उमेदवारको रुपमा समेत उनले चर्चा कमाएका थिए ।

वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको समेत यसै वर्षमा निधन भयो । उनको निधन असार ४ गते भएको हो । पित्त नलीको क्यान्सरले उनलाई निकै सताएको थियो । राजधानी स्थित बाँसबारीमा रहेको न्यूरो अस्पतालमा उनको निधन भएको हो । कुनै समय उनी स्वास्थ्य मन्त्री समेत बन्न सफल भएका थिए । उनले मस्तिष्क सम्बन्धी शल्यक्रियामा दक्षिण एशियामा नै ठूलो चर्चा कमाउदै आएका थिए ।

ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परेर मन्त्री रबिन्द्र अधिकारीले ज्यान गुमाए । उनीसँगै सवार अन्य ७ जनाले समेत ज्यान गुमाएका थिए । यो दुर्घटना २०७५ साल फागुन १५ गते भएको हो ।

सोही दुर्घटनामा परेर पर्यटन व्यवसायी आङछिरि शेर्पाले समेत ज्यान गुमाएका थिए । शेर्पा हिमालय एयरलाएन्स, यति एयर लायन्स, गोकर्ण रिसोर्ट जस्ता चर्चित व्यावसायका तथा व्यापारिक प्रतिष्ठानका प्रमुखका रुपमा रहेका थिए । तर उनले आफ्नो जिवनकालमा चर्चामा आउन तथा सामाजिक रुपमा खुल्न त्यती जरुरी नमान्ने देखिन्थ्यो ।

वृद्ध भत्ता, समाजिक सुरक्षा र स्थानीय विकासका अभियन्ता नेकपाका नेता तथा भरतमोहन अधिकारीले फागुन १८ गते देह त्याग गरे । अधिकारीलाई फोक्सो र मुटुमा समस्या भएको थियो । उनले राजधानीको ह्याम्स अस्पतालमा आफ्नो देह त्यागे । उपचारकै क्रममा उनको निधन भएको हो । २०५१ सालमा अर्थमन्त्री बनेका अधिकारी आफ्नो गाउँ आफै बनाउ जस्ता जनताले रुचाएका कार्यक्रमले उनी सबैको प्यारो मानिन्थे ।

बारा, पार्सामा टोर्नाडोको तोड

Advertisement

चैत्र १९ गते आईतबार बारा, पर्सा जिल्लामा हावाहुरीले वितण्डा मच्चाएको छ । उक्त विनाशकारी हावाहुरीमा ठूलो धनजनको क्षती हुन पुग्यो । हावाहुरी कै क्रममा ३० जनाको निधन भएको थियो भने ४ सय भन्दा बढी घाइते हुन पुगेका थिए ।(विकास न्युजबाट)

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top