ठूला लगानीमा थाेरै राेजगारी; बेराेजगार र गरिब जन्माउने सरकारी नीति

१ बैशाख ७६, सोमबार

काठमाडौं । चालु आर्थिक वर्षको फागुनसम्ममा २० करोड वा सोभन्दा माथि लगानीका ५५ वटा उद्योगहरु दर्ता उद्योग विभागमा भए । कुल १ खर्ब ६५ अर्ब लगानी प्रतिवद्धतासहित दर्ता भएको ती कम्पनीमध्ये २३ वटा हाइड्रोपावर कम्पनी, ८ वटा सिमेन्ट कम्पनी, एउटा रिसोर्टसहित ६ वटा होटेल, ३ वटा स्टिल कम्पनी, ३ वटा औषधि उत्पादक कम्पनी, अष्ट्रिच पालन, तेल उद्योग र पोल्ट्री फर्मसहित ३ वटा कृषि उत्पादक कम्पनी, पेनल इन्डष्ट्रिसहित दुईवटा निर्माण उद्योग तथा केवल टेलिभिजन, केवलकार, डायग्नोष्टिक, हेलिकोप्टर, कागज उद्योग, पाइप तथा सोलार उर्जासम्बन्धी उद्योगहरु छन् ।

कुल १ खर्ब ६५ अर्ब लगानीमध्ये २३ वटा जलविद्युत् कम्पनीमा १ खर्ब २६ अर्ब लगानी प्रस्ताव गरिएको छ भने बाँकी ३९ अर्ब रुपैंयाँ मात्र अन्य क्षेत्रमा प्रस्ताव गरिएको छ । तर कुल लगानी प्रस्तावको ७६ प्रतिशत ओगटेको यो क्षेत्रले कुल १२१९ जना व्यक्तिलाई रोजगारी दिने प्रस्ताव गरेको छ । तर बाँकी २४ प्रतिशत लगानीका आयोजनाले भने ५११४ जना व्यक्तिको लागि रोजगारी दिने क्षमता राख्ने प्रक्षेपण गरिएको छ ।

कस्ता आयोजना बढी श्रमप्रधान ?

Advertisement

उद्योग विभागमा दर्ता भएका उक्त संख्याका आयोजनामध्ये सबैभन्दा बढी रोजगारी सिर्जना गर्ने उद्योगको रुपमा कागज उद्योग देखिएको छ । २ अर्ब १७ करोड लगानी प्रस्ताव गरिएको उक्त उद्योगले ८९४ जनालाई रोजगारी दिने अनुमान गरेको छ । उक्त तथ्याङ्कले यो उद्योगले २४.३२ लाख रुपैंया लगानीमा १ रोजगारी दिनसक्ने देखिएको छ ।

त्यस्तै, १ अर्ब ५० करोड रुपैंया लगानी रहेको फर्मास्युटिकल्स कम्पनीहरुले ५२५ जनालाई रोजगारी दिने प्रक्षेपण गरेको छ, यो २८.७१ लाख लगानी बराबर १ जना रोजगारी हो । स्टिल उद्योगहरुले पनि ३१.८६ लाख रुपैंया बराबर एकजना रोजगारी दिनसक्ने देखिएको छ । यो उद्योगमा १ अर्ब ७२ करोड लगानी प्रस्ताव गर्दा यसबाट ५४२ जनाको रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ । त्यस्तै, कृषि क्षेत्रका उद्योगहरुको १ अर्ब ७ करोड करोडको लगानीमा १९६ जनालाई रोजगारी दिनसक्ने प्रक्षेपण गरिएको छ, यो भनेको करिब ५४ लाख रुपैंया प्रतिव्यक्ति हो ।

Advertisement

यी क्षेत्र बाहेक होटल व्यवसायको श्रम खपत १.०५ करोड, सिमेन्ट क्षेत्रको १.०७ करोड, होटल क्षेत्रको १.२५ करोड, सोलार फार्मको ३.८४ करोड प्रतिव्यक्ति देखिँदा हाइड्रो क्षेत्रको श्रम खपत १०.३३ करोड रहेको देखिएको छ ।

हालसम्म ३०० करोड भन्दा बढी लगानी भएको ५० वटा कम्पनी छन् । त्यसमा सबैभन्दा बढी एनआईसी एशिया बैंकले करिव २५०० जनालाई रोजगारी दिएको छ भने नेपाल टेलिकमले करिव २००० जनालाई रोजगारी दिएको छ । बढी रोजगारी सिर्जना गर्नेमा उद्योग भन्दा सेवा क्षेत्र अगाडि देखिन्छ ।

रोजगारी सिर्जनामा सरकारी बेवास्ता

सरकारले गत चैत्रमा वैदेशिक लगानी भित्र्याउने अभियानसहित कानूनी तथा प्रशासनिक झन्झटहरु सुल्झाउँदै लगानी सम्मेलन आयोजना गरिसकेको छ । सम्मेलनमा शोकेसमा प्रस्तावित ७७ आयोजना तथा अन्य आयोजनाहरुमा समेत लगानीका लागि प्रस्ताव दर्ता गर्ने समय अप्रिल २२ तारिखसम्म समय दिएको छ । तर लगानी भित्र्याउने चरणमा रहेको सरकारले प्रस्ताव गरेका कुनैपनि आयोजनाबाट सिर्जना हुने सम्भावित रोजगारी संख्या समेत तोकिएको गरिएको छैन, न त त्यस्ता उद्योगहरुबाट सिर्जना गर्ने रोजगारीको अवस्थाबारे नै कुनै प्रक्षेपण गरिएको छ ।

सरकारले हाल निर्माण प्रस्ताव गरेका ठूला आयोजनाहरु नेपाली श्रम खपत गर्ने किसिमका छैनन् । ७७ आयोजनाहरुमध्ये २४ वटा आयोजना त हाइड्रो क्षेत्रकै छन् जसको लगानी र श्रमशक्ति खपतको अनुपात धेरै छ । त्यसबाहेक शहरी पूर्वाधार निर्माण, फोहोर प्रशोधन, रासायनिक मल उद्योग लगायतका योजनाहरु पनि श्रम प्रधान छैनन् । ती योजनाहरु न्यून मात्रामा दक्ष जनशक्ति खपत गर्ने उद्योग हुन् । यी आयोजनाहरुले सरकारी राजश्व संकलन र आयात विस्थापन गर्न सहयोग गर्छ तर यसले रोजगारीको मागलाई सम्बोधन गर्दैन ।

७५ लाख नेपालीलाई स्वदेश फर्काउने सवाल

आधिकारिक तथ्याङ्क उपलब्ध नभए पनि करिब ७५ लाख नेपालीहरु विदेशमा रहेको अनुमान गरिएको छ तर खुला सीमान रहेको भारतमा जाने नेपालीहरुको संख्या एकीन नहुँदा यो संख्या अझै बढी हुनसक्ने समेत अनुमान गरिन्छ ।

सरकारले देशभर रहेका बेरोजगारहरुलाई रोजगारी दिने भन्दै प्रत्येक स्थानीय तहमा रोजगार सहायता केन्द्र गठन गर्दै न्यूनतम १०० दिनको रोजगारीको ग्यारेन्टीको प्रत्याभूति गर्ने जनाएको छ । तर सरकारले छनौट गरेका रोजगार क्षेत्रहरु कृषि, निर्माण, पर्यटन जस्ता क्षेत्र तोकेको छ तर सामाजिक धारणा ती क्षेत्रहरुको उत्पादकत्वकै कारण विदेशिएका जनतालाई त्यस्ता क्षेत्रले आकर्षित गर्न सकेको छैन । कृषि क्षेत्रप्रतिको वितृष्णाकै कारण विदेशिएका जनसंख्यालाई कृषि क्षेत्रमै परम्परागत शैलीमा आकर्षित गर्ने सम्भावना न्यून छ । यस्तो अवस्थामा सरकारी क्रियाकलापहरु जनताको प्रत्यक्ष मागसँग जोडिन सक्ने सम्भावना छैन ।

जुनसुकै विकासशील देशको उद्देश्य पनि कृषिमा आश्रित बहुसंख्यक जनतालाई औद्योगिक क्षेत्रमा ल्याउने भन्ने हुन्छ । हालसम्म विकास भएका जुनसुकै रोजगारीसम्बन्धी सिद्धान्तहरुले पनि यो तथ्यलाई स्वीकार गरेको छ भलै कुनै सिद्धान्तहरुले कृषिको औद्योगीकरणका जोड गरेको किन नहोस् ?

चालु आर्थिक वर्षको छ महिनासम्मको तथ्याङ्कले अर्थतन्त्रमा २८.२ प्रतिशत योगदान कृषि क्षेत्रमा रहँदा करिब ६० प्रतिशत जनताको रोजगारीको स्रोत कृषि क्षेत्र नै रहेको देखाउँछ । यो योगदानलाई ९ प्रतिशतमा झार्ने र प्रतिव्यक्ति आयलाई १२ हजार डलरभन्दा माथि पुर्याउने सरकारको दीर्घकालिन योजनलाई पुरा गर्न पनि उद्योग क्षेत्रमा रोजगारीको स्थानान्तरण अत्यावश्यक छ । तर सरकारले लिएको नीति र कार्यान्वयनको पक्ष हेर्दा त्यस्तो देखाउँदैन ।

१९४० अघिको विकासको परिभाषाले आर्थिक वृद्धिलाई विकासको मुख्य आधारको रुपमा लिन्छ, त्यसपछिका परिभाषाहरुले क्रमशः रोजगारी प्रदान, असमानता न्यूनीकरण जस्ता विषयहरु समेट्दै समग्र विकास (होलिष्टिक डेभलपमेन्ट) अवधारणालाई समेटेको छ । अर्थमन्त्री युवराज खतिवडाले पनि उच्च आर्थिक वृद्धिले असमानताको खाडल बढाउने चिन्ता व्यक्त गरेका छन् तर आर्थिक वृद्धिलाई रोजगारी सिर्जनासँग समायोजन गर्ने विषय भने उनको पनि प्राथमिकतामा छैन ।

विकास एउटा सापेक्ष विषय हो । विकासले जनताको जनजीवन प्रभावित गर्न सक्दैन भने त्यो साँचो अर्थमा विकास हुन सक्दैन । सरकारी स्रोतको विस्तार हुनुलाई विकासको आधारको रुपमा हेरियो भने त्यो विकासले लोकतान्त्रिक युगको विकासको परिभाषा वा विकासको आधुनिक परिभाषाले समेट्न सक्दैन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top