‘भारत’को फर्स्ट लुक सार्वजनिक,सलमानकाे बृद्ध लुक्स

‘भारत’को फर्स्ट लुक सार्वजनिक,सलमानकाे बृद्ध लुक्स

एजेन्सी, बैशाख २
२०१९को बहुप्रतिक्षित बलिउड चलचित्र ‘भारत’को फर्स्ट  लुक सार्वजनिक भएको छ । आउँदो इद मा रिलिज हुने चलचित्र भारतको सोमबार फस्र्ट लुक सार्वजनिक गरिएको हो ।

फस्र्ट लुकमा सलमान खानलाई फुलेका कपाल दार्ही र गम्भिर मुद्रामा देखाइएको छ । सलमानलेको नौलो लुक्सले फ्यानहरुको चलचित्रको प्रतिक्षा अझ हुटहुटिमा बदलिदिएको छ ।‘जर्नी अफ अ म्यान एन्ड अ नेसन टुगेदर’ चलचित्रको यस स्लोगनले देशको भाग्य सँगै जोडिएकाको कथा बोकेको अनुमान लगाउन सकिन्छ ।

चलचित्र ‘भारत‘मा सलमानको साथमा कट्रीन कैफ, ज्याक्की स्रोफ लगायत कलाकारको अभिनय रहेको छ । चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन् ।चलचित्रको टे«लर केही समयअघि सार्वजनिक भईसकेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.