×

NEPAL TIMES UPDATES

Playing
बालेनले भारतीय राजदूतलाई भाउ नदिएपछि, कूटनैतिक प्रोटोकल सच्याँउदै बालेन|| Nepal Times
May 21, 2026
Playing
अनि सभामुखले पेलेरै सभा संचालन गरे|| Nepal Times
May 21, 2026
Playing
हुने खानाको सुरक्षा भत्ता रोक्न सुझाव, बजेटमा पूर्वअर्थमन्त्रीहरुले के सुझाव दिए ? || Nepal Times
May 21, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-07-2083 || Nepal Times
May 21, 2026
Playing
एमालेले जग्गा दान लिनु भूल थियो ?अब धन्यवादसहित फिर्ता गर्ने|| Nepal Times
May 21, 2026
Playing
इरानका यी कमाण्डर, जसले युद्ध र वार्ताको रुप बदल्न सक्छन् || Nepal Times
May 21, 2026
Playing
शाकिराको ‘दाइ दाइ’ले विश्वकप तताउँदै, फाइनलको १५ मिनेट शाकिराको जादु #shakira #fifaworldcup#ronaldo
May 21, 2026
Playing
सभामुखको गरिमा राख्ने सभामुखहरु को हुन् ? || Nepal Times
May 21, 2026
Playing
F–35, J–36,MiG–41 जस्ता फाइटर जेटको काल बन्न आउँदैछ AI लडाकु || Nepal Times
May 21, 2026
Playing
सामसुङमा बोनसको खेल, ४८ हजार श्रमिकको हड्ताल रोकियो|| Nepal Times
May 21, 2026

सर्वेक्षण टोलीले गरेका कार्यप्रगति जानकारी गराउन विवेकशीलको आग्रह

५ माघ २०७४

काठमाडौँ, माघ ५
विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ ।

साझा पार्टीका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै टोलीले हालसम्म ‘हराएका र क्षतिग्रस्त पिलर’ बारेको अवस्था, पिलरको निर्माण तथा मर्मतकार्यको सिलसिलामा सर्वेक्षण कार्यमा प्रयोग भएको प्रविधि, ऐतिहासिक तथ्य एवं नापनक्साका बारेमा जानकारी सरकारलाई आग्रह गरेको हो ।

Advertisement
Advertisement

साझा पार्टीले देशको सीमानाजस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक लिएर कहीँकतैबाट नेपालको भौगोलिक अखण्डता, सार्वभौमसत्ता, राष्ट्रियता र स्वाधीनतामा आँच आउनेखालका कुनै पनि गतिविधि हुन नदिन सरकारलाई दृढ रहन पनि आग्रह गरेको छ ।

साझा पार्टीले सिमाना मिचिएका कुरा नेपालका सीमाविद्ले गम्भीर चिन्ता व्यक्त गर्दा पनि सरकारले केही प्रतिक्रिया नजनाएको उल्लेख गरेको छ ।

Advertisement
Advertisement

नेपाल र भारतले संयुक्तरूपमा गरिरहेको ‘हराएका र क्षतिग्रस्त पिलर’को निर्माण र मर्मतका क्रममा वीरगञ्ज महानगरपालिका–१, छप्कैया क्षेत्रमा स्थानीयवासीको ३० बिगाहाभन्दा बढी जमिन मिचिएको भन्नेबारे पनि ध्यानाकर्षण भएको साझा पार्टीले जनाएको छ ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top