कृषि विकास बैक रंगेलीमा बिचौलियाको बिगबिगि

रबीन्द्र बराल

रंगेली, बैशाख ९
मोरङको रंगेली नगरपालिका ७ मा रहेको कृषि विकास बैंकले ऋणीहरुलाई ऋण दिन एक महिना भन्दा बढी समय लगाउने गरेको पाईएको छ । रंगेली नगरपालिका ७ घर भएका बासुदेव मण्डलले बिगत ५ बर्षदेखि कृषि विकास बंैकमा बैकिङ कारोवार गर्दे आएता पनि पछिल्लो समयमा भने उनले ऋण पाउन सकेका छैनन् ।

उनले प्रत्येक महिनामा ब्याज रकम समेत बुझाउदै आएको बताउँदै बैकले आफुलाई एक महिना देखि ऋण लिन जाँदा समेत हप्काउने गरेको बताए ।

Advertisement

उनले रंगेली ७ स्थित तित्रिटोलमा रहेको १४ घुर जग्गाको लालपुर्जा ,ब्यवसायको प्रमाणपत्र ,नागरिकता लगायतका कागजी प्रक्रिया पूरा गरे पनि कृषि विकास बैकले एक महिना भन्दा बढी समय पुग्दापनि ऋण दिन नमानेको दुखेसो पोखे ।

उनले कार्यालयमा दिएको निवेदनपछि बारम्बार कार्यालय प्रमुख शम्भु साहलाई हारगुहार गरेता पनि आफुलाई आज भोली भन्दै अहिलेसम्म ऋण नदिएको बताए । कृषि विकास बैकको नियम अनुसार भने कुनै पनि ऋणीले सम्पूर्ण कागजातसहित आवेदन दिएको साता दिन भित्रमा ऋण दिने गरेको कार्यालय प्रमुख शम्भु साहले बताए ।

Advertisement

स्रोतका अनुसार कृषि विकास बैंकमा ऋण लिने कृषक वा ब्यापारीले ऋण लिए बापत १० प्रतिशत रकम नबुझाए सम्म ऋण दिन धेरै समय लगाउने गरेको र महिनौ दिन पर्खाउने गरेको छ ।

यता कार्यालय प्रमुख साहल कृषक,व्यापारी तथा अन्य ऋणहरु बिचौलियाको माध्यमबाट आउने गरेको हुनाले सो बिषयमा आफु लाई केही थाहा नभएको बताए ।

उनले कार्यालयबाट ऋण मिलाईदिन्छु भन्ने ३ देखि ४ जना बिचौलिया रहेको स्वीकार गरे । उद्यपी उनीहरुलाई कार्यलयमा प्रवेशमा उनीहरुलाई बन्देज लगाइएको दावी गरे । कृषि विकास बैक रंगेलीले यस आर्थिक बर्षमा ४ करोड बराबरको लगानी गरेको छ । बैकले व्यापारी,कृषि,घर निर्माण,व्यक्तिगत र घरायसी प्रयोजनका लागि ऋण समेत दिदै आएको छ ।

नेपाल सरकारले शैक्षिक प्रमाणपत्रको आधारमा युवाहरुलाई सहुलियत ऋण उपलब्ध गराउने निर्णय गरेपनि यस क्षेत्रका युवाहरुले यो सुविधा उठाउन नसकेको गुनासो गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top