सरकारको कामप्रति प्रचण्ड असन्तुष्ट, जनचाहना अनुसार काम भएन

११ बैशाख ७६, बुधबार
Share this
775shares

ललितपुर, वैशाख ११
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले सोचे अनुसारको काम गर्न नसकेको बताएका छन् । ललितपुरको श्री सिद्धिमंगल माध्यमिक विद्यालयको ६३ औँ वार्षिकोत्सवमा अध्यक्ष प्रचण्डले भने, ‘विकासले जसरी गति लिनुपर्ने हो त्यो भएको छैन, अब विकासको काममा सरकार र पार्टी लाग्छ ।’उनले निर्वाचनको समयमा गरेको प्रतिबद्धा अनुसार नै अबको चार वर्ष्भित्र काम हुने बताए ।

Advertisement

त्यस्तै अध्यक्ष प्रचण्डले पार्टी शुद्धीकरण र सुदृढीकरणको अभियान सुुरु गर्ने पनि बताए ।‘पार्टी एकताको काम सकिएको छ, एकतापछि अब जिल्ला–जिल्लामा शुद्धीकरण र सुदृढीकरणको अभियान सुुरु गर्छौ’ उनले भने । नेकपालाई जडसूत्रवादी र अवसरवादी कम्युनिस्ट पार्टी नभएको स्थापित गर्न दाबी उनको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top