लाप्राक नमुना बस्ती हस्तान्तरणको पर्खाइमा

१३ बैशाख ७६, शनिबार

गोरखा, वैशाख १४
गोरखाको लाप्राकमा निर्माणधिन नमुना बस्ती अन्तिम चरणमा पुगेको छ । गैरआवासीय नेपाली संघले नेपालको सहयोगमा नेपाली सेनाले सो बस्ती बनाइ रहेको छ । निर्माणको काम अन्तिम चरणमा पुगेकाले छिट्टै बस्ती हस्तान्तरण गर्ने तयारी गरिएको छ ।

गोरखाको धार्चे गाउँपालिकाको गुप्सीपाखामा निर्माणाधिन लाप्राक नमुना बस्तीको गैरआवासीय नेपाली संघको टोलीले अवलोकन गरेको छ । अवलोकनपछि संघका अध्यक्ष भवन भट्टले भूकम्प पीडितको लागि निर्माण भएको नमुना बस्ती छिट्टै विशेष कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरिने बताए । अध्यक्ष भट्टले बस्तीको रंगरोगनसहित बाह्य संरचनाको सम्पूर्ण काम सकिएको बताउँदै छिट्टै हस्तान्तरण गर्ने बताए ।

२०७२ सालको गोरखा भूकम्पपछि लाप्राकमा ५ सय ७३ घरको निर्माण सुरु गरिको थियो । प्रतिकुल मौसम र भौगोलिक विकटताको कारणले सो परियोजना निर्माणमा ढिलाई भए पनि अब सम्पन्न हुने क्रममा रहेको छ ।नमुना बस्ती निर्माण समितिको संयोजक तथा गैरआवासीय नेपाली संघकी उपाध्यक्ष सपीला राजभण्डारीले अन्तरक्रिया कार्यक्रममा परियोजनाको प्रगतिका बारेमा जानकारी गराउनुका साथै वस्ति निर्माण कार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद गरिन् ।

Advertisement

समारोहमा धार्चे गाउँपालिकाकी उपप्रमुख फूलमायाँ गुरुङ्गले गैरआवासीय नेपाली संघले गरेको सहयोगप्रति लाभग्राहीको तर्फबाट धन्यवाद दिँदै गाउँपालिकाले बस्तीलाई नमुना बस्तीको रुपमा रुपान्तरण गर्न सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा गाउँपालिकाका पदाधिकारी र सदस्यहरु, स्थानीय समुदाय तथा बस्ती निमार्णमा खटिएका नेपाली सेनाको प्रतिनिधिहरुको सहभागिता थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top