राष्ट्रपति भण्डारीलाई सम्मेलनमा स्वागत, सी चिनफिङसँग संक्षिप्त भेट

१३ बैशाख ७६, शनिबार

बेइजिङ, बैशाख १४
चिनियाँ राष्ट्रपति सी जिनपिङले ‘अन्तर्रा्ष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आएकी राष्ट्रपति विद्यादेवी भण्डारीसहित विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्रा्ष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गरेका छन् ।

Advertisement

बेइजिङको बाहिरी भागमा याङ्त्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ । शुक्रबार राष्ट्रपति भण्डारी र चीनका राष्ट्रपति सी चिनफिङबीच रात्री भोजमा संक्षिप्त भेट पनि भएको छ ।

रात्री भोजमा स्वागत गर्ने क्रममा राष्ट्रपति सीले नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी सहित करिब ३७ देशका राष्ट्र–सरकार प्रमुख र नेताहरूसँग सामूहिक तस्विरसहित छुट्टाछुट्टै तस्वीर पनि लिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top