विराटनगर, वैशाख १६
मोरङको पथरीशनिश्चरे नगरपालिका १ मा डेरा बसेको घरमुनी मृत फेला परेकी २९ वर्षीया रिना बस्नेतको नौ दिनपछि दाहसंस्कार गरिएको छ । साथै रिनाको शव भेटिएको नौ दिनपछि आइतबार आफन्तले दाहसंस्कार गरेपछि कबिता पराजुली संयोजकत्वको संघर्ष समिति विघटन गरिएको छ ।
स्थानीय वीरबहादुर बस्नेतको घरमा डेरा गरी बस्दै आएकी रिनाको शव गत शनिवार नग्न अवस्थामा फेला परेको थियो । स्थानीयबासीले बलात्कारपछि हत्या भएको आशंका गरे पनि प्रहरीले भने घरको छतबाट खसेर मृत्यु भएको बताउँदै आएको छ ।
