नक्कली बिवरण पेश गरी नागरिकता लिन खोज्ने पक्राउ

१६ बैशाख ७६, सोमबार
Share this
708shares

बीरगञ्ज, बैशाख १६
नक्कली बिवरण पेश गरी नेपाली नागरिकता दिलाउन खोज्ने एक भारतीय व्यक्ति प्रहरीको फन्दामा परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक सुदामा साह तेली रहेका छन् । उनले जिल्ला प्रशासन कार्यालय पर्सामा नक्कली बिवरण पेश गरि नेपाली नागरिकता दिलाउन खाजेको पर्साका प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले जानकारी दिएका छन् ।

Advertisement

साहले २०६३ सालमा नक्कली बिवरण पेश गरि वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ ठेगाना देखाएर ३४३०८ र ४८ नम्बरको नागरिकता लिएका थिए भने २०६८ पुष २० गते साहको नागरिकता बदर गरिएको थियो । सोही नागरिकता लिएर साहले आफनो छोराको नागरिकता बनाउन खोेज्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

२०७१ सालमा नक्कली विवरण पेश गरि साहले नागरिकता लिएको उजुरी जिल्ला प्रहरी कार्यालय पर्सामा गरिएको थियो । उनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइ सकिएको प्रहरीले जानकारी दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top