देश बनाउने पाँच बर्षे योजनाः ५५ खर्बको अर्थतन्त्र, प्रतिव्यक्ति आम्दानी १६०० डलर

१६ बैशाख ७६, सोमबार
Share this
739shares

काठमाडौं ,बैशाख १६

Advertisement

देश विकासको पाँच बर्षे योजना तयार भएको छ । राष्ट्रिय योजना आयोगले आगामी पाँच बर्षमा देश बनाउने १५ औं पञ्च बर्षिय योजना पास गरेको हो । प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा आइतबार बसेको आयोगको बैठकले आगामी पाँच बर्षभित्र नेपालीको प्रतिव्यक्ति आम्दानी १६०० डलर पुर्याउने, अर्थतन्त्रको आकार ५५ खर्ब ५७ अर्ब ४६ करोड रुपैंयाँको बनाउने लक्ष्यसहितको योजना पास गरेको हो ।

चालु आर्थिक बर्षको अन्त्यमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १०३४ डलर पुग्ने प्रक्षेपण गरिएको छ । चालु आर्थिक बर्षको अन्त्यमा नेपालीहरुको प्रतिव्यक्ति आम्दानी १०३४ डलर पुग्ने प्रक्षेपण गरिएको छ भने अर्थतन्त्रको आकार ६.८१ प्रतिशतले वृद्धि भएर ३४ खर्ब ६४ अर्ब ३१ करोड ९० लाख रुपैंयाँको हुने प्रक्षेपण गरिएको छ ।

Advertisement

आयोगले पास गरेको पञ्च बर्षिय योजनालाई सोमबारको मन्त्रिपरिषद बैठकमा पेश गरेर पारित गरिनेछ । मन्त्रिपरिषद बैठकले पारित गरेसँगै सोही योजनाले अघि सारेका लक्ष्य अनुसार आगामी आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम र बजेट निर्माण हुनेछ ।

आगामी पाँच बर्षमा क्रमशः ९.२ प्रतिशत, १०.१ प्रतिशत, १०.२ प्रतिशत, १०.१ प्रतिशत, १०.७ प्रतिशत र १०.१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य योजनामा समेटिएको छ । १५ औं पञ्च बर्षिय योजनाको अन्तिम बर्ष अर्थात आर्थिक बर्ष २०८०/८१ मा नेपालको अर्थतन्त्रको आकार ५५ खर्ब ७५ अर्ब १९ करोड रुपैंयाँको हुनेछ ।

Advertisement

आगामी आवमा ३७ खर्ब ६४ अर्ब, त्यसपछि क्रमशः ४१ खर्ब ४३ अर्ब, ४५ खर्ब ७२ अर्ब र ५० खर्ब ३६ अर्बको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य योजनामा छ । आगामी पाँच बर्षभित्र देशमा ९७ खर्ब कुल लगानी हुनेछ । सोमध्ये ३६ खर्ब ७४ अर्ब ५६ करोड रुपैंयाँ सरकारले लगानी गर्नेछ । यो कुल लगानीको ३७.६ प्रतिशत हो । निजी क्षेत्रले ५६ खर्ब ८३ अर्ब ८८ करोड लगानी गर्ने लक्ष्य छ । यो कुल लगानीको ५८.१ प्रतिशत हुनेछ । त्यस्तै, सहकारी क्षेत्रबाट ४ खर्ब १९ अर्ब ३१ करोड अर्थात ४.३ प्रतिशत लगानी गराउने योजना छ ।

आर्थिक वर्ष २०८०/८१ मा अर्थतन्त्रमा कृषि क्षेत्रको योगदान २२.१ प्रतिशत कायम गर्ने लक्ष्य छ भने उद्योग क्षेत्रको योगदान २०.३ प्रतिशत हुने लक्ष्य छ । सेवा क्षेत्रको योगदान ५७.६ प्रतिशत हुनेछ । आगामी पाँच वर्षमा आयोगले १७ वटा राष्ट्रिय गौरवका आयोजनाहरु सम्पन्न गर्ने लक्ष्य निर्धारण गरेको छ । जसमा निजगढ विमानस्थलदेखि फास्ट ट्रयाकसम्म समावेश छन् ।

आयोजनाले सिक्टा सिंचाई आयोजना, बबई सिँचाई आयोजना, रानीजमरा कुलरिया सिँचाई आयोजना, भेरी बबई डाईभर्सन आयोजना, गौतम वुद्ध विमानस्थल, पोखरा विमानस्थल, निजगढ अन्तराष्ट्रिय विमानस्थल, काठमाडौं निजगढ फास्ट ट्रयाक, पुष्पलाल मध्यपहाडी लोकमार्ग, कोशी लोकमार्ग, कालगण्डकी करिडोर, कर्णाली करिडोर, हुलाकी राजमार्ग, मेलम्ची खानेपानी आयोजना, माथिल्लो तामाकोशी जलविद्युत आयोजना, लुम्बिनी विकास कोष र विद्युत प्रसारण आयोजनालाई सम्पन्न गर्ने लक्ष्य राखेको छ ।

यसैगरी बुढीगण्डकी जलद्यिुत आयोजना र पश्चिम सेति जलविद्युत आयोजना भने आरम्भ गरिसक्ने लक्ष्य निर्धारण गरेको छ । त्यस्तै, पशुपति क्षेत्र विकास कोष, राष्ट्रपति चुरे तराई मधेश संरक्षण र रेल्वे तथा मेट्रो विकास आयोजना भने पाँच बर्षपछि पनि क्रमागत रुपमा सञ्चालन भैरहनेछन्  । (विकास न्युजबाट)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top