स्नातकोत्तर र स्नातकमा प्राइभेट परीक्षा दिने विद्यार्थी बढे

१६ बैशाख ७६, मंगलबार

काठमाडौँ,बैशाख १६

त्रिभुवन विश्वविद्यालयको बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय (पनिका)मा आज बिहान ९ बजेदेखि नै विद्यार्थी लामवद्ध रहेका थिए । स्नातकोत्तर तह र स्नातक तह तर्फ वार्षिक प्रणाली अन्तर्गत प्राइभेट परीक्षा दिन विद्यार्थीको बिहानदेखि फाराम भर्न भीड देखिन्थ्यो ।

प्राइभेट तर्फको परीक्षा यो वर्ष अन्तिम हुने हो कि भनेर विद्यार्थी बिहानैदेखि फाराम भर्नका लागि लामवद्ध भएका थिए । विद्यार्थीको भीडका कारण शुल्क बुझाउनका लागि पनिकाभित्र नै चार ठाउँ तोकिएका । तर शुल्क बुझाउनेमा भीड भएपछि विद्यार्थी नेपाल बैंक लिमिटेड र ग्लोबल आइएमइको कुलेश्वर र त्रिवि गेटमा काउण्टरमा समेत पुगेका थिए ।

Advertisement

सेमेष्टर प्रणाली महङ्गो भएकाले विद्यार्थी अहिले प्राइभेट परीक्षातर्फ आकर्षित भएका हुन् । गतवर्ष नै त्रिविले प्राइभेट परीक्षा खुलाउँदा अन्तिम परीक्षा हुने भनेर सूचना प्रकाशित गरेकोमा सेमेष्टर प्रणालीको दुरशिक्षाको कार्यविधि नबनेकाले यसवर्ष पनि प्राइभेटतर्फको परीक्षाको फाराम खुलाइएको परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए ।

त्रिविले सूचना प्रकाशित गरी चैत १७ देखि वैशाख १६ गतेसम्म फाराम भर्ने सयमसीमा तोकेको थियो । परीक्षा नियन्त्रक जोशीले गतवर्ष नौ हजार परीक्षार्थी भएकोमा यसवर्ष करीब २० हजार पुग्ने जानकारी गराए । हिजो आइतबारमा मात्र परीक्षा नियन्त्रण कार्यालय बल्खुमा चार हजार पाँच सय विद्यार्थीले फाराम भरेका थिए ।

Advertisement

त्रिविले परीक्षा नियन्त्रक कार्यालयका क्षेत्रीय कार्यालय पोखरा, विराटनगर, नेपालगञ्ज र अत्तरियाबाट परीक्षा फाराम भर्ने व्यवस्था गरेको छ । ‘‘हामीले गतवर्ष कार्यविधि बनाउन सकैनौं । प्राइभेट परीक्षालाई नरोकौं भन्ने त्रिविको निर्णयले यसवर्ष पनि प्राइभेटको लागि फाराम खुलाएका हौं’ परीक्षा नियन्त्रक जोशीले भने ,‘‘यो वर्ष अन्तिम परीक्षा हो कि भनेर धेरै विद्यार्थीेको फाराम भर्ने भीड लागेको छ ।

कार्यविधि बनाएपछि हामीले वार्षिक प्राइभेट परीक्षालाई बन्द गरी सेमेष्टर अन्तर्गतको प्राइभेट परीक्षा लिन्छौ ।’ सेमेष्टर प्रणाली अन्तर्गतको प्राइभेट परीक्षामा विद्यार्थी क्याम्पस नै भर्ना नभएर परीक्षा दिन पाउने छन् ।

‘‘प्राइभेट सेमेष्टरमा विद्यार्थी क्याम्पसमा भर्ना हुनुपर्दैन’ उनले भने, ‘‘विद्यार्थीलाई अनलाइनबाट नै कार्यादेश (असाइमेन्ट) गर्न लगाइन्छ र अनलाइनबाट नै असाइमेन्ट पूरा गरेर छ÷छमहीनाको सेमेष्टर परीक्षा दिन पाउनेछ ।’ सेमेष्टर प्रणाली शुरु भएपछि त्रिविमा प्राइभेट परीक्षा दिनेको सङ्ख्यामा वृद्धि भएको उनले बताए ।

स्नातकोत्तर तहका लागि एक हजार ३०० र स्नातक तहका लागि रु एक हजार शुल्क तिरे परीक्षा दिन पाइने भएकाले विद्यार्थीको आकर्षण अहिले प्राइभेटतिर भएको हो । उनका अनुसार गतवर्ष भन्दा दोब्बर यसवर्ष स्नातकोत्तर तहमा मात्र परीक्षार्थीले फाराम भरेका छन् ।

स्नातकोत्तर तहमा जनप्रशासन र राजनीतिक शास्त्रमा प्राइभेट परीक्षा दिन पाइने व्यवस्था रहेको छ । यस्तै स्नातक तहमा प्रयोगात्मक विषय बाहेक सबै विषयमा प्राइभेट दिन पाइने छ । प्राइभेट परीक्षाका लागि क्याम्पसमा भर्ना हुनुनपर्ने र शुल्क पनि धेरै नलाग्ने भएकाले विद्यार्थीको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको हो ।

–शरद शर्मा/ रासस

Advertisement

भर्खरको समाचार

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

कोलम्बियाको सानदार सुरूआत, उज्बेकिस्तान ३–१ ले पराजित

col_pepnhxqvYI

नेपालमा कहिले भित्रिदै छ मनसुन ?

mausam-2075-12-18-768x388

अमेरिकाले ‘इंडो–प्यासिफिक’बाट हटायो ‘इंडो’, भारतलाई के असर ?

df611d9d-72c0-48cb-af17-90cf7d720156

मेस्सीको ह्याट्रिक, हालान्ड–एम्बाप्पेहरु चम्किदा रोनाल्डोमाथि दबाब

messi8_mfX84plZJJ

देउवा दम्पतीलाई एयरपोर्टबाटै पक्राउ पर्ने डर, पत्र लेखेर के भने ?

deuba-aarju

चीन किन नेपालसँग अझै ढुक्क छैन? बेइजिङको के छ शंका ?

724194707_979261381555456_3579422844604369041_n (1)

जी ७ नेताको गफ भाइरल,मेलोनीले धूम्रपान त्यागिन्,घडी चर्चा,ट्रम्पले पाए उपहार

724721416_1808898560604368_6721856353904469115_n

मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात

5ba2e55d-59c8-4258-883c-8d54d684c785

नागढुङ्गा सुरुङमार्ग साउनदेखि खुल्ने, कति लाग्छ दस्तुर ?कसरी गर्ने यात्रा?

ffa015e2-9865-4845-91e1-255af2ca8345

सम्बन्धित समाचार

Scroll to Top