×

NEPAL TIMES UPDATES

Playing
कहिलेसम्म चल्ला सभामुख र हर्क साम्पाङबीच जुहारी ?|| Nepal Times
May 20, 2026
Playing
१६ वटा युरोपेली देशसँग श्रम सम्झौताको तयारी कहाँ पुग्यो ? || Nepal Times
May 20, 2026
Playing
रास्वपा नेतृत्वमा रवि र बालेन यथावत, महामन्त्री र उपसभापति को ?|| Nepal Times
May 20, 2026
Playing
नगरप्रहरीले काफल पोख्यो,मेयरले ढाडससहित दिइन् १० हजार || Nepal Times
May 20, 2026
Playing
ब्रिटिस किंग्स गोर्खा अर्टिलरी, ब्रिटिस सेनाको शान बढाउन नेपालीमात्रै भर्ती || Nepal Times
May 20, 2026
Playing
विश्वमा जंगलराज आउने सी–पुटिनको चेतावनी|| Nepal Times
May 20, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-06-2083 || Nepal Times
May 20, 2026
Playing
ग्रे लिस्ट भनेको के हो ? बाहिरिन नेपालले अब के गर्नुपर्छ ? || Nepal Times
May 20, 2026
Playing
Trump ले शान्ति मागे, इरानले ‘फाइटर जेट खसाल्न तयार होउ’ भन्दै लल्कार्यो || Nepal Times
May 20, 2026
Playing
नेपालमा संसद्बाट निकालिएका सांसद्हरुको इतिहास, कसलाई किन निकालियो ? || Nepal Times
May 20, 2026

पैंतालिस अर्ब ऋण सहयोग

७ माघ २०७४

काठमाडौँ, माघ ७
विश्व बैंकले नेपालको सामाजिक– आर्थिक विकासका क्षेत्रमा दूरगामी प्रभाव पार्ने तीनवटा परियोजना कार्यान्वयन गर्न रु ४४ अर्ब ८२ करोड सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको छ ।

बैंकले व्यावसायिक शिक्षा तथा तालीम परियोजना ( दोस्रो चरण), पशुपालन नवप्रवर्तन परियोजना र भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई ऋणस्वरूप उक्त रकम उपलब्ध गराउन लागेको हो ।

Advertisement
Advertisement

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र दक्षिण एसियाका लागि उक्त बैंकका उपाध्यक्ष एन्नेट डिक्सनको उपस्थितिमा आज अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारी र यहाँस्थित विश्व बैंकका देशीय निर्देशक चिम्याओ फ्यानले हस्ताक्षर गरे ।

शिक्षा मन्त्रालयले कार्यान्वयन गर्ने व्यावसायिक शिक्षा तथा तालीम परियोजनाबाट १६ देखि ४० वर्ष उमेर समूहका युवा वर्ग, प्राविधिक शिक्षालय तथा तिनका शिक्षक, प्रशिक्षक, विद्यार्थी, रोजगारदातृ निकाय लाभान्वित हुने अर्थ मन्त्रालयले जनाएको छ ।

पशुपक्षी विकास मन्त्रालयले लागू गर्ने पशुपालन नवप्रवर्तन परियोजना देशका २५ जिल्लामा सञ्चालन हुने र त्यसबाट पशुजन्य उत्पादकत्व वृद्धि, गरिबी न्यूनीकरण, आधुनिक बजारीकरणमा सघाउ पुग्ने छ ।

त्यसैगरी भैँचालोबाट प्रभावित ९६ हजार निजी घर पुनःनिर्माणलाई भूकम्पेत्तर आवासीय भवन पुनःनिर्माण परियोजनाले समेटेको छ । उक्त परियोजना राष्ट्रिय पुनः निर्माण प्राधिकरणले कार्यान्वयन गर्नेछ ।

Advertisement
Advertisement

देशीय निर्देशक चिम्याओले नेपालको विकास प्रयासमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो भने सचिव अधिकारीले प्राप्त सहायताप्रति आभार प्रकट गरे ।
रासस

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top