नारायणगढ–बुटवल सडकमा वन्यजन्तु आवतजावत गर्न अण्डर पास बनाइँदै

नारायणगढ–बुटवल सडकमा वन्यजन्तु आवतजावत गर्न अण्डर पास बनाइँदै

चितवन ,बैशाख २१

विस्तारको काम शुरु भएको नारायणगढ–बुटवल सडक खण्डमा वन्यजन्तु आवतजावत गर्नका लागि विभिन्न ठाउँमा वन्यजन्तु मार्ग भूमिगत मार्ग (अण्डर पास) बनाइने भएको छ । सो सडकको हाल ठाउँठाउँमा रहेका कल्भट र पुलबाट वन्यजन्तु आवतजावत गरिरहेका छन् ।

सडक विभागका उपआयोजना निर्देशक इन्जिनीयर सुरेश पौडेलका अनुसार नक्साङ्कनका समयमा पाँच ठाउँमा भूमिगत मार्ग राख्ने व्यवस्था गरिएको भए पनि पछि अध्ययन गरेर मात्र ठाउँ र सङ्ख्या यकिन गर्ने गरी काम भइरहेको छ ।

सडकका वन क्षेत्रमा क्यामेरा ट्यापिङमार्फत अध्ययन भइरहेकाले तीन महीनाभित्रमा ठाउँ र सङ्ख्या यकीन हुने उनले बताए ।जनावरअनुसार भूमिगत मार्गको आकार पनि अध्ययनपछि तय गरिँदैछ । हालै मात्र पौडेलसहित चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकाललगायतको टोली भूमिगत मार्गको अध्ययनका लागि अष्ट्रेलिया गएको थियो ।

सो क्षेत्रमा थोरै जनाबर भए पनि उच्च प्राथमिकताका साथ वन्यजन्तु मार्ग बनाउने गरेको ढकालले बताए ।नारायणगढ–वुटबल सडक खण्डलाई दुई भागमा विभाजन गरी ठेक्का लगाइएको छ । तीन वर्ष छ महीनामा काम सम्पन्न गर्ने गरी दुबै भागको ठेक्का चाइना इस्टे«ट कन्स्ट्रक्सनले पाएको छ ।

करीब रु १५ अर्बमा ठेक्का दिइएको हो । दाउन्नेको पहाडमा तीन लेन र अन्य क्षेत्रमा चार लेन सडक निर्माण गरिँदैछ । मानव बस्ती भएका ठाउँमा छ÷छ मिटरको सेवा मार्गसमेत बनाइँदै छ ।रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.