×

NEPAL TIMES UPDATES

Playing
ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी|| Nepal Times
May 07, 2026
Playing
Top 15 Afternoon News || May-07-2026 || Nepal Times
May 07, 2026
Playing
बालेन सरकारका मन्त्रीहरू सिक्दै अगाडि बढ्दै|| Nepal Times
May 07, 2026
Playing
चुनावको नतिजापछि बंगालमा राजनीतिक हिंसा उग्र|| Nepal Times
May 07, 2026
Playing
यु द्ध छिट्टै सकिने Trumpको दाबी, अमेरिकी प्रस्तावलाई Iranले विचार गर्दै || Nepal Times
May 07, 2026
Playing
इरान–रुसलाई ड्रोनका पार्टपुर्जा दिदै चीन, अमेरिकी प्रतिबन्धले छोएन|| Nepal Times
May 07, 2026
Playing
मौसम विभागको पूर्वानुमान क्षमता विस्तार गर्ने विराजभक्तको प्रतिवद्धता|| Nepal Times
May 07, 2026
Playing
दोहोरो सेवासुविधामाथि सरकारको निगरानी, उच्च पदाधिकारीको सुविधा जाँच हुँदै|| Nepal Times
May 07, 2026
Playing
प्रिमियर कपका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा || Nepal Times
May 07, 2026
Playing
सुगौली सन्धिको धारा ५को रहस्य, जुन भारतले कहिल्यै भन्न चाहँदैन|| Nepal Times
May 07, 2026

धमाधम निर्माण सम्पन्न हुँदै जलविद्युत आयोजना, ऊर्जा क्षेत्रमा कुराभन्दा काम बढी

२३ बैशाख २०७६

काठमाडौँ ,बैशाख २३

नेपालमा कामभन्दा कुरा गर्नेलाई बढी योग्य मान्ने प्रचलन हावी छ । यस्तो प्रवृत्तिले आम नेपालीलाई गाँजेको छ । समाजले जस्तो सिकायो उनीहरु पनि त्यस्तै हुने गर्छन् । तर पछिल्लो समय कतिपय क्षेत्रमा काम गर्ने सोचको पनि विकास भएको छ । त्यसले देश बन्दैछ र नयाँ केही हुँदैछ भन्ने सन्देशसमेत दिएको छ ।

Advertisement
Advertisement

एकाध मान्छेले सकारात्मक सोच मात्रै राख्ने हो भने पनि देशमा केही न केही परिवर्तन हुन्छ भन्ने तथ्य पनि स्थापित हुँदै गएको छ । कुनै समय विद्युत्भार कटौती अन्त्यको कुरा निकै गाह्रो भन्ने लाग्थ्यो । नेपाल विद्युत् प्राधिकरणलाई पनि त्यस्तै लाग्थ्यो । तर समय बदलियो, सोच बदलियो, नेतृत्व पनि बदलियो । केही न केही नयाँ गर्नैपर्छ भन्ने मान्यता काम गर्ने ठाँउमा भएकामा विकसित भयो ।

पछिल्ला केही दिनमा प्रकाशमा आएका जल तथा ऊर्जा क्षेत्रसँग जोडिएका केही आशालाग्दा समाचारले सुखद सन्देश सञ्चार भएको छ । करीब दश वर्ष निर्माणमा लागेको माथिल्लो त्रिशुली थ्री ए ले परीक्षण उत्पादन शुरु गरेको छ । पहिलो चरणमा पहिलो युनिटबाट ३० मेगावाट विद्युत् उत्पादन शुरु भएको छ ।

आइतबार मात्रै त्रिशुली–काठमाडौँ २२० केभी क्षमताको प्रसारण लाइन चार्ज भएको छ । प्राधिकरणले नै रुग्ण भन्दै आएको ६० मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न भएको छ । निकट भविष्यमा नै १४ मेगावाट क्षमताको कुलेखानी तेस्रो जलविद्युत् आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिदैछ ।

कहिले क्षमता बढाउने कि नबढाउने भन्ने विवाद । कहिले भूकम्प र भारतको नाकाबन्दीको अवरोध । निर्माण व्यवसायीका अनावश्यक शर्त । पटक–पटक म्याद थप । आधा दर्जन बढी मन्त्रीले आयोजनाको स्थलगत निरीक्षण गरेर समयमै सम्पन्न गर्ने उद्घोष गरेपनि आयोजनाले गति लिन सकेको थिएन । प्राधिकरणको नेतृत्वले पनि आयोजनालाई खासै चासो दिएको थिएन ।

प्राधिकरणमा नयाँ नेतृत्वसँगै सरकारले आयोजनामा कुनै अवरोध हुन नदिने प्रतिवद्धता जनायो । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले आयोजनालाई सम्पन्न गर्न सबैखालको सहयोग उपलब्ध गराएकोले पनि लामो समय समस्यामा फसेको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण सम्पन्न भएको छ ।

रुग्ण आयोजनालाई गति दिन सानो प्रयासले सफल हुने अवस्था थिएन । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निरन्तर आयोजना प्रमुख फणिन्द्रराज जोशीसँग त्यहाँको अवस्थाबारे जानकारी लिए । ऊर्जामन्त्री वर्षमान पुनले आयोजनाका कामबारे निरन्तर चासो र विवरणको खोजी गरिरहनुभयो । निरन्तरको प्रयासपछि मात्रै सफलता हासिल हुन्छ भनेजस्तै मन्त्रालय, प्राधिकरण र सम्बन्धित आयोजनाको लामो प्रयत्नपछि सफल परीक्षण सम्पन्न भएको छ ।

कूल अनुमानित लागत रु १२ अर्ब ६० करोड (१२ करोड ५८ लाख डलर) रहेको आयोजना नेपाल सरकार एवं प्राधिकरणको लगानी र चिनियाँ आयात निर्यात बैंकको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । इञ्जिनीयरिङ, खरीद र निर्माण (इपिसी) ढाँचामा विद्युत्गृह, बाँध, सुरुङलगायतका संरचना र इलेक्ट्रोमेकानिकल तथा हाइड्रो मेकानिकलको काम गर्ने गरी चिनियाँ कम्पनी गेजुवासँग विसं २०६७ जेठ १४ गते ठेक्का सम्झौता भएको थियो ।

यस्तै शनिबारदेखि प्राधिकरणको अर्को टाउको दुःखाई बन्दै आएको काबेली करिडोरको दोस्रो खण्डको काम सकिएको छ । वन क्षेत्रको जग्गा प्रयोग र रूख कटानको समस्या, निर्माण व्यवसायीको कमजोर कार्यसम्पादन, स्थानीयवासीको अवरोधका कारण विगत दश वर्षदेखि निर्माणमा रहेको काबेली करिडोर प्रसारण लाइनको दोस्रो खण्ड निर्माण सम्पन्न भएपछि राष्ट्रिय प्रणालीमा थप ७२ मेगावाट विद्युत् थप हुनेछ ।

ऊर्जामन्त्री पुन, प्राधिकरणका कार्यकारी निर्देशक घिसिङलगायतको निरन्तरको इमान्दार प्रयासका कारण धमाधम राष्ट्रिय प्रणालीमा विद्युत् थप हुन थालेको छ । कूल १३२ केभी क्षमताको प्रसारण लाइन सम्पन्न नहुँदा केही निजी क्षेत्रका आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न समस्या हुँदै आएको थियो । प्राधिकरणका अनुसार सो प्रसारण लाइनको इलामको सोयाक–पाँचथरको खण्डको निर्माण सम्पन्न भएको छ ।

पाँचथर र ताप्लेजुङका कावेली, हेवा, माईलगायतका खोलामा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि कावेली करिडोर निर्माण भएको हो । सो करिडोरको दोस्रो खण्डमा निजी क्षेत्रले निर्माण गरेका १४ दशमलव ९ मेगावाटको हेवाखोला ‘ए’ र २२ दशमलव १ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजना जोडिनेछन् ।

यस्तै सोही करिडोरमा कूल ३७ दशमलव ६ मेगावाट क्षमताको को काबेली ‘ए’, २५ मेगावाटको काबेली बी–१, १० मेगावाटको रैराङलगायत निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजनाको विद्युत् तेस्रो खण्डमा जोडिनेछ । मन्त्रालयले लिएको कामकाजी नीतिका कारण धमाधम आयोजना सम्पन्न हुने चरणमा पुगेको र बाँकी रहेका अन्य आयोजना तोकिएको समयमै सम्पन्न गर्न विशेष पहल गरिने मन्त्री पुनको भनाइ छ ।

अन्य करिडोरको पनि सम्पन्न गरौँः इपान
निजी क्षेत्रको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल ९इपान०का अध्यक्ष शैलेन्द्र गुरागाईं पछिल्लो समयमा धमाधम आयोजना सम्पन्न हुनु खुसीको विषय भएको बताए ।

उनले दुई वटा आयोजना सम्पन्न भएर चुप लागेर बस्नेभन्दा पनि अन्य करिडोरमा रहेका आयोजना सम्पन्न गराउनतर्फ मन्त्रालय र प्राधिकरण लाग्नुपर्नेमा जोड दिए । सरकार र निजी क्षेत्रको प्रयासकै कारण चालू आर्थिक वर्षको अन्त्यसम्म २७८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिने छ ।

मन्त्रालयका अनुसार २० मेगावाट क्षमताको तल्लो मोदी, ६.४ मेगावाटको माथिल्लो मैलुङ ए, २२.२ मेगावाटको माथिल्लो चाकु ए, १२ मेगावाटको नामर्जुन मादी, ३.२ मेगावाटको गुलुन खोला, २५ मेगावाटको काबेली बि एक, २१.६ मेगावाटको तल्लो हेवा खोला र ८.८ मेगावाटको रुडी ए राष्ट्रिय प्रसारण लाइनमा जोडिने छन् । चालू आवको अन्त्यसम्म विद्युत् उत्पादन शुरु गर्ने अन्य आयोजनामा माथिल्लो खिम्ती सात मेगावाटको छ ।

Advertisement
Advertisement

त्यस्तै गत चैतमा नै निर्माण सम्पन्न भएको २२ मेगावाट क्षमताको वाग्मती सानो जलविद्युत् आयोजनासमेत उक्त सूचीमा छ । घट्टे खोला पाँच मेगावाट, विजयपुर खोला ४.५, माथिल्लो मर्दी खोला सात मेगावाट, रुडी खोला ६.६ मेगावाट र सोलू २३.५ मेगावाट रहेका छन् ।(विकास न्युजबाट)

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top