प्रदेश ३ सभाको संसद बैठक अवरुद्ध

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबार बसेको प्रदेश ३ सभाको संसद बैठक अवरुद्ध गरेको छ । सभामुख सानुकुमार श्रेष्ठले प्रदेश प्रमुख अनुराधा कोइरालाले पठाएको पत्रहरु पढेर सुनाउनुभएको थियो । वर्षे अधिवेशनको अवसरमा सबै दलका तर्फबाट शुभकामना मन्तव्य व्यक्त गरेलगत्तै संसदको अरु कामकारबाही गर्न नदिनका लागि कांग्रेसका सांसदले उठेर संसद अवरुद्ध गरेका थिए । सभामुख श्रेष्ठले कांग्रेस सांसदलाई बस्नका लागि आग्रह गरे पनि राजधानीको प्रक्रिया सुरु नगरेसम्म संसद चल्ने नदिने प्रतिपक्ष दलका नेता इन्द्रबहादुर बानियाँले बताउनुभयो । प्रदेश ३ मा दुईतिहाइको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीले स्थायी राजधानी तोक्ने र नामाकरण गर्ने विषयलाई पछाडि धकेल्दै लगेको भन्दै रुष्ट भएका कांग्रेस सांसदले बैठक अवरुद्ध गरेका थिए । राजधानी र नामाकरणको प्रक्रिया सुरु नगरेसम्म संसद बैठक चल्न नदिने नेता बानियाँले बताउनुभयो । यस अघि नै प्रदेश राजधानी र नामाकरणको प्रक्रिया वर्षे अधिवेशनमा सुरु गर्ने भनिए पनि त्यो विषयले सोमबारको बैठकमा पनि प्रवेश पाएन । यता सत्तारुढ दल नेकपाका संसदीय दलका उप नेता शालिकराम जमरकट्टेलले कांग्रेसले संसद अबरुद्ध गरेर अमर्या्दित काम गरेको बताउनुभयो । राजधानी तोकिनुपर्छ भनेर आफूहरुले पनि आवाज उठाएकाले यो विषयको टुङ्गो वर्षे अधिवेशनबाट लगाइने उहाँले बताउनुभयो । प्रदेश राजधानीको विषयमा हेटौडाजत्तिकै विवादित भएको प्रदेश १ को विराटनगरमा राजधानी तोकिसकियो तर प्रदेश ३ को हेटौडामा राजधानी तोक्न भने अझै सकिएको छैन ।

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top