एभरेष्ट स्कुलको निर्माणाधीन भवनको बंगलादेशी राजदुतद्वारा अवलोकन

३ जेठ ७६, शनिबार

४ जेठ २०७६,विराटनगर
विराटनगर ५ स्थित एभरेष्ट स्कुलको निर्माणाधीन भवनको नेपालका लागि बंगलादेशी राजदुत मिस मास्फी विन्ते आम्सले अनुगमन गरेकी छन । स्टिल स्ट्रक्चर प्रयोग गरी जापानको निप्पोन स्टिल प्रयोग गरेर निर्माणाधिन उक्त भवन बंगलादेशी कम्पनी एमजोनाल्ड स्टिल लिमिटेलले ३ तले ४५ कोठे भवन नेपालमा मोडलको रुपमा निर्माण गरिरहेको छ ।

अनुगमनका क्रममा राजदुत आम्सले नेपाल र बंगलादेशबीच लामो समयदेखि राम्रो सम्बन्ध रहेको बताइन । उनले नेपाल पनि भुकम्पको जोखिममा पर्ने देश भएको हुँदा यो स्टिल बाट भवन निर्माण गरे लाभ हुनसक्ने बताइन । राजदुत आम्सले विराटनगर प्रदेशको राजधानी भएकोले प्रदेशले नै बंगलादेशबाट फाईदा लिन सक्ने बताईन् ।उनले पछिल्लो समयमा बंगलादेशले आर्थिक बृद्धिदर र विकासमा एसियामै उत्कृष्ट फड्को मारेको दाबी गरिन् । उनले प्रदेश १ सरकारले बंगलादेशसंग जोडिने पुलको रुपमा रहन सक्ने बताउदै यसबाट प्रदेश एकले फाइदा लिन सक्ने बताइन् । कार्यक्रममा बंगलादेशी कम्पनी एमजोनाल्ड स्टिल लिमिटेडका कार्यकारी निर्देशक साइद अहमदले यसखालका भवन छिटो निर्माण गर्न सकिने र भूकम्प प्रतिरोधी रहेको बताए ।बंगलादेशमा २४ तल्ले भवन, मेट्रो समेत यही प्रविधिबाट निर्माण गरिसकेको जानकारी दिँदै उनले नेपालले लाभ लिनसक्ने बताए । लामो छलफल र अध्ययन भ्रमणपछि स्टिलको भवन निर्माण गरिएको एभरेष्ट एजुकेसन फाउन्डेसन प्रा.लि.का अध्यक्ष विनोद ढकालले बताए । एभरेष्ट स्कुलको उक्त तीन तले भवन अबको ४ महिनाभित्रमा सकिने निर्माण कम्पनीले जनाएको छ । भवनको लागत ७ करोड भन्दा बढी रहेको एभरेष्ट फाउन्डेसनले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top