×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ब्राजिलको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको मृत्यु

६ जेष्ठ २०७६

ब्राजिलको उत्तरी भेगमा रहेको एउटा बारमा गोली चल्दा कम्तीमा ११ जनाको ज्यान गएको छ । नर्दन पारा राज्यको सार्वजनिक सुरक्षा विभागका अनुसार, बाज्रिलको बेलम शहर नजिकको बारमा गोली चलेको हो । कम्तीमा सात जना बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएको प्रहरीले जानकारी दिएको छ । बन्दुकधारी सबैले अनुहार ढाकेका थिए । गोली चलाउनुको कारणबारे भने अझै थाहा भएको छैन । अन्धाधुन्ध गोली चलाएर ती बन्दुकधारीहरु भागेका थिए । स्थानीय सञ्चारमाध्यमले भने एक बन्दुकधारी पक्राउ परेको जनाएको छ । ती बन्दुकधारी घाइते अवस्थामा छन् । त्यसैगरी घटनामा अन्य केही मानिस घाइते भएका छन् । बन्दुकधारीहरु मोटरसाइकल र तीन वटा कारमा आएको बताइएको छ ।

सम्बन्धित

भर्खरको समाचार

सामूहिक अन्त्येष्टिमा जनसागर, कतारमा IRGC का १० जासुस पक्राउ, इरानमा २००० निशाना ध्वस्त

Screenshot 2026-03-04 105112

फर्पिङमा बौद्ध धर्मगुरुको पाँच दिने अन्तर्राष्ट्रिय ध्यान शिविर सम्पन्न

डा. ज्ञानेन्द्रमानसिंह कार्कीको बाइपास शल्यक्रियाः अफवाह र वास्तविकता

Untitled-1

इजरायलले आणविक परीक्षण ग¥यो? पृथ्वी भूकम्प झै हल्लियो

flags of USA and Iran

रविविरुद्धको मुद्दा फिर्ता लिने निर्णयकाविरुद्ध सर्वाेच्चमा रिट

rabi ko photo
Scroll to Top