विश्व सम्पदा सूचीमा सूचिकृत हुने भनिएका नेपालका १५ सम्पदाको अवस्था अन्योल

१२ जेठ ७६, आइतबार
Share this
720shares

१० वर्ष अघि नेपालले १५ वटा सम्पदाको पहिचान गरी विश्व सम्पदा समितिलाई सूची पठाएको थियो । प्रत्येक वर्ष विश्वभरिबाट प्राप्त सम्भावना बोकेको सम्पदालाई अद्यावधिक गर्ने विश्व सम्पदा समितिको पूर्ण बैठक जुन ३० देखि जुलाई १० सम्म अजरबैजानको बाकुमा बस्दै छ ।

Advertisement

नेपालले प्रत्येक १०÷१० वर्षमा समितिलाई सूची पठाउँदै आएको छ ।
त्यसअघि नेपाल पनि आफ्ना कुन कुन सम्पदा सूचिकृत गर्न अवश्यक मापदण्ड पूरा गरेका छन् कुन छैनन् भन्ने टुङ्गो लगाउनुपर्ने हुन्छ । तर सो काम हुन सकेको छैन ।

नेपालबाट सन् १९९६ मा मुस्ताङस्थित मुतिmनाथ उपत्यकाको गुफा, तोरीको तेलका लागि प्रसिद्ध खोकना, रामग्रामस्थित बुद्धको स्तुपा, पनौती र गोरखाको मध्ययुगीन पूर्वाधार र दरबार तथा तिलौराकोटमा अवस्थित शाक्य वंशको पुरातात्विक अवशेषहरूसँगै लुम्बिनीलाई विश्व सम्पदामा सूचीकृत हुन योग्य पहिचान गरिएको थियो । लुम्बिनी क्षेत्र भने सूचिकृत हुन सफल भएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा ईश्वरचन्द्र झाले लेखेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top