दक्षिण अमेरिकी देश पेरुमा ८ रेक्टर स्केलको भूकम्प गएको छ । यो वर्ष पेरुमा आएका भूकम्पमध्ये यो सबैभन्दा ठूलो भूकम्प हो । रोयर्टसका अनुसार मोयोम्बा शहरभन्दा १ सय ६० किलोमिटर पूर्व केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का छिमेकी देश इक्वेडर, ब्राजिल र कोलम्बियामा समेत महसुस भएको बताइएको छ । अहिलेसम्म भूकम्पले के कति क्षति पुग्यो भन्ने बारे केही जानकारी आएको छैन ।
पेरुमा ८ रेक्टरस्केल भूकम्पको धक्कप महसुस
१२ जेष्ठ २०७६
भर्खरको समाचार