भोजपुरमा आमाको क्रुरता, आफ्नै छोराको घाँटी रेटेर हत्या

भोजपुरमा आमाको क्रुरता, आफ्नै छोराको घाँटी रेटेर हत्या

भोजपुरमा आफ्नै आमाले तीन वर्षीय छोराको हत्या गरेकी छन् ।

भोजपुरको रामप्रसाद राई गाउँपालिकाको बासीखोरा घर भई भोजपुर नगरपालिका वडा नं ९ पानीट्याङकी बस्ने सूर्य थापाकी २५ वर्षीया श्रीमती सम्झना थापाले आफ्नै तीन वर्षीय छोरा सम्बोधन थापाको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । थापाले बच्चालाई अचानोमा राखेर दुई टुक्रा बनाएको प्रहरीको भनाइ उदृत गर्दे भोजपुरका पत्रकार निरोज कोइरालाले बताएका छन् । स्थानीयले हत्या गर्ने थापाको मानसिक सन्तुलन ठीक नभएको हुन सक्ने बताएका छन् । उनलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । पानीट्याङ्कीमा कोठा भाडामा बस्दै आएकी सम्झनाले आफ्नै भिनाजु रमन राईको घरको माथिल्लो तल्लामा खुकुरी प्रहार गरी हत्या गरेकी हुन् ।

बालकका बाबु सूर्यबहादुर लघुवित्त कम्पनीको कामको सिलसिलामा जिल्लाबाहिर गएको बेला घटना भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी केशवकुमार थेबेले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.