विराटनगरमा प्रदेशस्तरीय कुस्ती प्रतियोगिता सुरु

 विराटनगरमा प्रदेशस्तरीय कुस्ती प्रतियोगिता सुरु

 १६ जेठ २०७६,विराटनगर

प्रदेशस्तरीय कुस्ती प्रतियोगिता बिहीबारबाट विराटनगरमा  सुुरु भएको छ ।

प्रदेश १ सामाजिक विकास मन्त्रालयको आयोजना र पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको ब्यवस्थापनमा शुरु भएको प्रतियोगिताको सामाजिक विकासमन्त्री जीवन घिमिरेले उदघाटन गरे । विराटनगर १४ जतुवास्थित पूरानो हवाइफिल्डमा सुरु भएको प्रतियोगितामा प्रदेश एकका झापा,मोरङ,सुनसरी,इलाम र पाँचथरका खेलाडीहरुको सहभागिता छ । दुईदिने प्रतियोगितामा ५० केजी देखि ७० केजीसम्मका विभिन्न ८ तौल समूहका खेलाडीले प्रतिस्पर्धा गर्ने जनाइएको छ । खेलको पहिलोदिन ३२ जना खेलाडीले प्रतिस्पर्धा गरेका छन । प्रतिस्पर्धामा सहभागि खेलाडीलाई अंक र बाइफलका आधारमा छनौट गरिने मोरंग कुस्ती संघका अध्यक्ष मनोजकुमार शर्माले जानकारी दिए ।

यसैबीच प्रतियोगिता उदघाटनको अवसरमा कुस्ती खेलाडी श्रीयासु गिरिलाई सम्मान गरिएको छ । हालै नेपालगंजमा सम्पन्न ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा विराटनगरकी गिरिले ७६ केजी तौल समुहमा प्रदेश एकको तर्फबाट स्वर्णपदक हासिल गरेकी थिइन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.