ग्यास सिलिण्डर बोकेको ट्रक इटहरीमा दुर्घटना

१९ जेठ ७६, आइतबार
Share this
713shares

१९ जेष्ठ, २०७६

Advertisement

सुनसरीको इटहरी हुदै धरान जादै गरेको ग्यास सिलिण्डर बोकेको ट्रक चारकोशे झाडीमा दुर्घटना भएको छ । को १ ख ७१३ नम्बरको ग्यास सिलिण्डर बोकेको ट्रक अनियन्त्रीत भई सडकमा दुर्घट्ना हुन पुगेको हो । ट्रकमा ओभरलोड ग्यास सिलिण्डर बोकेर धरान जादै गरेको ट्रक ओभर स्पीडकै कारण सडकको बीच भागमा पल्टिएको बताइएको छ । ग्यास सिलिण्डर जथाभावी पल्टन पुगे पनि मानवीय क्षती भने नभएको १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीले जनाएको छ । ट्रक चालक भने घाईते भएको ट्राफिक प्रहरीले जनाएको छ । दुर्घटनापछि केही समय जंगल क्षेत्रमा सवारी आवत जावत समेत बन्द भएको प्रहरीले जनाएको छ । ग्यास सिलिण्डर रोडमा पल्टिएका कारण सवारी संचालनमा भने समस्या भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top