मधेशी समुदायको तथ्याङक संकलन जारी

२१ जेठ ७६, मंगलबार
Share this
731shares

२१ जेठ २०७६,विराटनगर
मधेशी आयोगका अध्यक्ष डाक्टर विजयकुमार दत्तले आयोगले मधेशी समुदायको अवस्थाका बिषयमा स्थलगत तथ्य संकलन गरिरहेको बताएका छन ।

Advertisement

आयोगद्वारा मंगलबार विराटनगरमा आयोजित अन्तरक्रियात्मक अनुशिक्षण कार्यक्रममा उनले स्थलगत तथ्य संकलनगर्न आयोगको टोली खटिएको बताए । प्रदेश २ मा केहिदिन अघि तथ्य संकलन गरिसकिएको जानकारी दिदै दत्तले प्रदेश १ का विभिन्न स्थानमा ८ वटा कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

अध्यक्ष दत्तले विभिन्न प्रदेशहरुमा मधेशी समुदायको समग्र स्थितिको अध्ययनगरि सो सम्बन्धमा गर्नुपर्ने नीतिगत,कानुनी र संस्थागत सुधारका बिषयमा नेपाल सरकार समक्ष सिफारिस गरिने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top