×

NEPAL TIMES UPDATES

Playing
गृहमन्त्री सुधनको चर्चा र आलोचना सराबरी || Nepal Times
Apr 16, 2026
Playing
Top 15 Afternoon News || April-16-2026 || Nepal Times
Apr 16, 2026
Playing
बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन || Nepal Times
Apr 16, 2026
Playing
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चको अस्वीकार || Nepal Times
Apr 16, 2026
Playing
यु*द्ध अन्त्य हुने दाबी, ट्र*म्पलाई रो*क्ने प्रस्ता*व अमेरिकी स*दनमा विफल|| Nepal Times
Apr 16, 2026
Playing
जेनजी आ न्दो लनः सुरक्षा निकायमाथि अनुसन्धान गर्न समिति गठन गरिने || Nepal Times
Apr 16, 2026
Playing
बफर स्टेट र भाइब्रेन्ट ब्रिज भनेको के हो ?|| Nepal Times
Apr 16, 2026
Playing
इन्धनको भाउ अचाक्ली बढ्यो, कति पुग्यो मूल्य ?|| Nepal Times
Apr 16, 2026
Playing
बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र|| Nepal Times
Apr 16, 2026
Playing
गौरी प्रतिवेदनलाई कांग्रेसको चुनौती? बाध्यकारी छैन, मुद्दा चलाउने अधिकार हुँदैन || Nepal Times
Apr 15, 2026

प्रदेश १ को नीति तथा कार्यक्रमः धरान–मूलघाटमा सुरुङ मार्गदेखि अन्तर्राष्ट्रिय एअरपोर्ट र कोशी किनार खेतीसम्म (पूर्ण विवरणसहित)

२४ जेष्ठ २०७६

२४ जेठ, विराटनगर ।
देश १ ले आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

विहीबार प्रदेश प्रमुख प्रा.डा. गोविन्द तुम्बाहाङले प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन । नीति तथा कार्यक्रममा कृषिलाई बढी प्राथमिकतामा राखिएको छ । नीति तथा कार्यक्रममा विराटनगरको विमानस्थललाई अन्तर्रा्ष्ट्रिय स्तरको बनाउनेदेखि धरान–मूलघाट सुरुङ मार्ग निर्माण गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ । प्रदेशस्तरीय लगानी सम्मेलन गर्ने, मुख्यमन्त्री युवा उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने, न्यूनतम एक सय बिघा जमिनमा जग्गाधनी किसानलाई कृषि कम्पनीमा आबद्ध गरी प्रदेश सरकार समेतको लगानीमा एक नमुना कृषि परियोजना सञ्चालन गरिने योजना छ ।

Advertisement
Advertisement

यस्तै ५ वर्ष भित्रमा प्रदेश मासु, अण्डा र माछामा आत्मनिर्भर बन्ने, एक गाउँपालिका एक अर्गा्निक फर्म सञ्चालन गरिने लगायतका योजना समावेश छन् । यस्तै कोशी टप्पु क्षेत्रमा नदीले छोडेको झण्डै ५ हजार बिघा सार्वजनिक जग्गालाई बस्तीरहित कृषि भूमिको रुपमा विकास गरी व्यावसायिक खेती गर्न लिजमा उपलब्ध गराउने भएको छ ।

कृषिलाई प्राथमिकता
आर्थिक वर्षको कार्यक्रममा कृषि, पर्यटन, तथा पूर्वाधार लाई प्राथमिकतामा राखिएको उनले बताए । कृषि सहकारी र भूमि ब्यवस्था सम्बन्धी आवश्यक नीति नियम निर्दे्शिकाको तर्जुमा, कृषि क्षेत्रको विकास र ब्यवसायीकरणमा तीनै तहका सरकारबीच समन्वय, सहयोग र सहकार्य अभिवृद्धि गर्दै कृषि विकासका कार्यक्रम सञ्चालन गरिने बताइएको छ ।प्रदेशको पहिचानको रुपमा रहेको नगदे बाली चिया, अदुवा, अलैची, रुद्राक्षको उत्पादकत्वमा बृद्धि गर्दै ब्यवसायिकरणमा जोड दिइने कार्यक्रम अघि सारिएको छ।

एकीकृत बस्तीको योजना
भूमिहिन, सुकुम्बासी तथा सीमान्तकृत समुदायका लागि मोरङ, सुनसरी तथा झापाको दक्षिणी सीमावर्ती क्षेत्रमा नमुनाको रुपमा एकीकृत बस्तीको थालनी गरिने भएको छ । त्यसैगरि, एक सय परिवारका लागि एकवस्ती विकास कार्यक्रम आउदो वर्षबाट सुरु गरिने छ ।

स्वास्थ्यका कार्यक्रम
प्रदेशको सबै जिल्ला अस्पतालहरुमा क्यान्सर पहिचान गर्ने उपकरणको ब्यवस्था गरिने छ।दुर्गम तथा पहाडी जिल्लामा टेलिमेडिसिन सेवा र घुम्ती सेवाको सुरुआत गरिने प्रदेश सरकारले जनाएको छ । आउँदो तीनवर्ष्भित्र धनकुटामा मेडिकल कलेजसहितको बहु विशिष्टिकृत अस्पतालको स्थापना गर्न कार्य थालनी हुने जनाइएको छ । त्यसैगरी, प्रदेशमा बीपी कोइराला, मनमोहन अधिकारी, मदन भण्डारीको नाममा राजनेता पार्क निर्माण गर्ने कार्यक्रम समेत सरकारले अघि बढाएको छ ।

पर्यटनलाई प्राथमिकता
पहाडी क्षेत्र ताप्लेजुङ, संखुवासभा, भोजपुर, सोलुखुम्बु, तेह्रथुम, खोटाङ, र ओखलढुंगा जिल्लाका उच्च पहाडी क्षेत्रमा पर्यटकका लागि लक्षित गर्दै कोदो, फापर, लट्टे, कागुने, चिनो, जौ र उवा जस्ता सुपर हिमालयन फुटको उत्पादनमा सरकारले प्रोत्साहन गर्ने बताइएको छ । पर्यटक र पर्यटनका सन्दर्भमा सरकारले भ्रमण वर्ष २०२० लाई सार्थक बनाउने जनाएको छ। राष्ट्रिय लक्ष्यसंग पर्यटक भित्राउने लक्ष्यका साथ यस प्रदेशमा ५ लाख पर्यटक भित्राउने लक्ष्यसहित सरकारले कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । आध्यात्मिक तथा पर्यटकीय क्षेत्रका रुपमा सुनसरीको चतरा क्षेत्रलाई कुम्भकर्ण क्षेत्र घोषणा गर्दै आवश्यक पूर्वाधार निर्माण गरिने जनाइएको छ । त्यसैगरी बराह क्षेत्र, रामधुनी, दन्तकाली, बुढासुब्बा, पिण्डेश्वरी धामको पूर्वाधार विकास गर्दै धार्मिक पर्यटन सर्किटकको विकास गरिने लक्ष्य सरकारको छ । विराटनगर विमानस्थलको स्तरोन्नती गदै अन्तर्राष्ट्रिय, राष्ट्रिय र प्रादेशिक विमानस्थलसंग आवद्ध गरिने योजना सरकारको छ। यसक्रममा विराटनगर विमानस्थलबाट आन्तरिक पर्वतीय दृष्यावलोकन उडानलाई प्राथमिकता दिइने भएको छ।

भौतिक पूर्वाधार निमार्णमा जोड
त्यसैगरि, गतवर्षको योजनामा रहेको मुख्यमन्त्री ग्रामिण सडक सुधार कार्यक्रमलाई निरन्तरता दिएको छ। रानी किमाथांका सडक निर्माणका लागि संघीय सरकारसंग समन्वय र सहकार्य गरिने बताइएको छ। त्यसैगरी, धरानबाट मुलघाटसम्म सुरुङ मार्गको सम्भाब्यता अध्ययन गरिने कार्यक्रमले लक्ष्य लिएको छ। सरकारले आउदो चारवर्ष्भित्र सबै जनताको घरमा उज्यालो पुराउने र प्रदेशलाई अध्यारोमुक्त बनाउने लक्ष्य राखेको छ। त्यसैगरी, पाँच वर्ष्भित्र सबै गाँउपालिका तथा नगरपालिकाका संभाव्य घरपरिवारमा सहभागिताका रुपमा बायोग्यास विस्तार गरि संकलित जैविक फोहरबाट बायोग्यास र प्राङ्गरिक मलको उत्पादन गर्ने कार्यक्र अघि सारिएको छ । राजधानी बिराटनगरमा विषेश आर्थिक क्षेत्र सेज स्थापनाका लागि संघीय सरकार र नीजि क्षेत्रसंग सहकार्य गर्दै प्रारम्भिक थालनी गर्ने सरकारको भनाइ छ । कार्यक्रममा प्रदेश राजधानी विराटनगरलाई प्रशासनिक राजधानीका रुपमा स्थापित गराउने उल्लेख छ ।

चालु वर्षको नीति तथा कार्यक्रममा प्रदेशका १४ वटै जिल्लाका ५६ निर्वाचन क्षेत्रमध्ये सबै क्षेत्रमा मुख्यमन्त्री ग्रामीण सडक योजना सञ्चालनको कार्यक्रमलाई आगामी वर्ष पनि निरन्तरता दिइएको छ । प्रदेश सरकार गठन भएको एक बर्ष पुगेको अवसरमा प्रदेशका ९० बर्ष पुगेका जेष्ठ नागरिकलाई पाँच हजार नगदसहित सम्मान गर्ने लगायतका कार्यक्रम समावेश गरेको छ ।

प्रतिपक्षी कांग्रेस भन्छः कार्यक्रम त उपन्यास जस्तो भयो
प्रदेश एक सरकारले हिजो संसदमा पेस गरेको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षीको रूपमा रहेको नेपाली कांग्रेसले तीव्र आलोचना गरेको छ । पुराना कार्यक्रमलाई समेटेर ल्याइएको नीति कार्यक्रमबारे नारै नारा भएको पपुलिस्ट कार्यक्रम भनी टिप्पणी गरेको हो । प्रदेश एक संसदीय दलका नेता राजीव कोइरालाले उपन्यास जस्तो भएको तर्क गरेका छन् । अघिल्लो सालको नीति तथा कार्यक्रमको कार्यान्वयको पक्षलाई हेरेर यो कत्तिको कार्यान्वयन हुन्छ भन्ने कुरामा प्रश्न उठेको तर्क गरे । एकलौटी हिसाबले कार्यकर्तालाई पैसा दिने काम भएको भन्दै सरकारका कार्यक्रम परिणाममुखी बन्न नसकेको प्रतिक्रिया दिएका छन् । सरकार गठन भएको १५ महिना भन्दा बढी भइसक्दा पनि सरकारले मन्त्रीपरिषद् गठन गर्न नसक्दा अझै कर्मचारीको भरमा मन्त्रालय चलेको भन्दै कर्मचारीको मनोमानी चलेको कोइरालाले बताए । उनले बजेट चालु आर्थिक वर्षको बजेट खर्च बढ्न नसकेर पैसा डम्प भएको भन्दै खर्च गर्न सामथ्र्यले भ्याउने मात्र योजना ल्याइनुपर्ने उल्लेख गरे । त्यस्तै संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले सरकारकले ल्याएको नीति तथा कार्यक्रम शब्दको जलप मात्र भएको बताए । केन्द्र सरकारको नीति कार्यक्रमलाई कपि पेस्ट गरिएको भन्दै कुनै आशालाग्दो र गर्व गर्न लायकका योजना प्रदेश एक सरकारले ल्याउन नसकेको कार्कीको टिप्पणी थियो । त्यस्तै समाजवादी पार्टी नेपालका प्रदेश एक संसदीय दलका नेता जयराम यादवले उत्साहजनक कार्यक्रम नभएको प्रतिक्रिया दिए । आफुुले सुझाव दिएका कार्यक्रम नअटाएको भन्दै उपलब्धिमूलक कार्यक्रम नरहेको बताएका हुन । अघिल्लो कार्यक्रम जस्तै नारामै भरिएको कार्यक्रमलाई व्यवहारमुखी बनाउन चुनौती रहेको उनको तर्क थियो ।

Advertisement

निजी क्षेत्र खुशी
यता उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेशका बरिष्ठ उपाध्यक्ष राजेन्द्र राउतले भने नीति तथा कार्यक्रमले निजी क्षेत्रलाई समेटेको भन्दै खुसी व्यक्त गरे ।उनले नीति तथा कार्यक्रम कार्यान्वयन भए राम्रो हुने बताए । कार्यक्रममा किमाथांका रानी सडक प्राथमिकता, पशुपंक्षी बिमा कार्यक्रम, पूर्वाधार विकास, नीजि क्षेत्रले चाहेको औद्योगिक क्षेत्र निर्माण गर्ने कुरा लगायत, उर्जा क्षेत्रको विकास, व्यापार घाटा कम गर्न कार्यक्रमलाई प्राथमिकता दिइनु सकारात्मक देखिएको उनले बताए ।

भर्खरको समाचार

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

बालेनले विश्व हल्लाए,विश्वका १०० शक्तिशाली ब्यक्तिको सूचीमा बालेन्द्र

666707698_875077882223921_4422618132601218086_n

दीपक भट्ट र सुलभ अग्रवालको घर तथा कार्यालय सिल

CopyPasta_1776240119512

बिहारको राजनीतिमा ’नितिश युग’ को अन्त्य

Bihar-new-CM-Samrat-Choudhary-with-Nitish-Kumar (1)

बालेनले सबैलाई पारे चकित, विपक्ष दलका घोषणा बालेनले पूरा गर्ने

666707698_875077882223921_4422618132601218086_n

होर्मुजकोमा १०,००० बढी अमेरिकी सेना तैनाथ, सी ले दिए ४ बुँदे शान्ति प्रस्ताव

Flag of Iran together with flag of the United States of America

सम्बन्धित खबरहरु

Scroll to Top