भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा ,एलओडि डिस्कोका संचालकसहित ३ पक्राउ

भारतीय गायिका नेहा कक्करको सांगीतिक कार्यक्रम विवादमा ,एलओडि डिस्कोका संचालकसहित ३ पक्राउ

२६ जेठ, काठमाडौं । ठगीको आरोपमा काठमाडौंको ठमेलस्थित एलओडिका संचालकसहित ३ जना पक्राउ परेका छन्। आयोजक पारामाउन्ट इन्टरटेन्मेन्ट प्रालिले क्लबको क्षमताभन्दा बढी टिकट बिक्री गरेपछि कार्यक्रम विवादित बनेको हो ।

एलओडिकी संचालक दीपक घिमिरेसहित ३ जना पक्राउ परेको एसएसपी उत्तम सुवेदीले जानकारी दिए। भारतीय गायिका नेहा कक्करको शनिबारसाँझ एलओडिमा प्रस्तुती थियो।क्षमता भन्दा बढी टिकट बेचेको अभियोगमा घिमिरेसहित ३ जना पक्राउ परेका हुन्। २ हजार जना क्षमता एलओलिडको भएता पनि टिकट भने ३ हजारभन्दा बढी बेचिएको थियो।

कक्करको प्रस्तुती हेर्न नपाएपछि टिकट काटेका १ हजार भन्दा बढीले एलओडिको गेटमा नारावाजी गरेका थिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.