पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन

पूर्व शिक्षामन्त्री धनिराम पौडेलको निधन

चितवन : नेकपाका नेता तथा पूर्व शिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । पौडेलको हृदयघातका कारण शुक्रबार बिहान निधन भएको नेकपा चितवन जिल्ला अध्यक्ष यमबहादुर परियार जानकारी दिए ।

पौडेलको घर चितवनको माडी नगरपालिका–५ नयाँ पिपरिया रहेको छ ।  घर निर्माणका क्रममा काम गर्दैगर्दा शुक्रबार बिहान ७ बजेतिर पौडललाई हृदयघात भएको थियो । माडीस्थित बगौडा अस्पताल लैजाँदै गर्दा  उनको मृत्यु भएको जिल्ला अध्यक्ष परियारको भनाई छ।

५३ वर्षीय  पौडेल हाल नेकपाको केन्द्रीय सदस्य हुन् । उनी जनमोर्चासँग एकीकरणका क्रममा तत्कालीन माओवादीमा आवद्ध भएका  थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.