११ महिनामा महानगरको राजस्व असुली आधा भन्दा कम

११ महिनामा महानगरको राजस्व असुली आधा भन्दा कम

विराटनगर : चालु आर्थिक वर्षको ११ महिनामा विराटनगर महानगरपालिकाले आधा भन्दा कम राजस्व असुली गरेको छ । गत आर्थिक वर्षभन्दा दोब्ब राजस्व असुली गर्ने लक्ष्य राखेको महानगरपालिकाले हालसम्म ३० करोड ६३ लाख मात्र राजस्व असुली गर्न सफल भएको हो । यो लक्ष्य भन्दा करिब २३ करोड ९३ लाख ३ हजार सय ९२ रुपैँया कम हो ।

चालु आर्थिक वर्षमा महानगरपालिकाले ५४ करोड ३ लाख राजस्व असुली गर्ने लक्ष्य राखेको थियो । महानगरपालिकालाई तिर्नुपर्ने कर तथा राजस्व वडास्तरबाट संकलन गर्न थालेपनि असुली न्युन भएको हो । आर्थिक वर्ष २०७४–७५ मा पनि महानगरपालिकाले लक्ष्य अनुसारको राजस्व असुली गर्न सकेको थिएन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.