आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएन

११ माघ ७४, शुक्रबार

तेह्रथुम, माघ १२
तेह्रथुमको मेन्छ्यायेम गाउँपालिकामा केन्द्रको विषयमा विवाद भएपछि आर्थिक वर्ष सकिन लाग्दासम्म पनि गाउँसभा भएको छैन । गाउँसभा हुन नसक्दा विकास निर्माण ठप्प भएको छ ।

Advertisement

जिल्लाका तत्कालीन मोराहाङ, श्रीजुङ र पौठाक गाविसलाई मिलाएर गठन भएको मेन्छ्यायेम गाउँपालिकाको केन्द्र मोराहाङ बजार तोकिएको थियो । तर मोराहाङ बजार सबैलाई पायक पर्ने ठाउँमा नभएको भन्दै केन्द्र सार्ने या नसार्ने भन्ने विषयमा जनप्रतिनिधिबीचमै विवाद भएको हो ।

छ वडा रहेको गाउँपालिकामा दुई वडाध्यक्षसहित गाउँपालिका अध्यक्ष जितेको नेकपा एमाले सम्बद्ध जनप्रतिनिधिले मोराहाङ बजारबाहेक अन्यत्र केन्द्र नहुने भनेका छन् भने गाउँपालिकाकी उपाध्यक्ष तथा चार वडाध्यक्षसहित बहुमत पाएको नेपाली काँग्रेसका जनप्रतिनिधिले सबैलाई पायक पर्ने ठाउँमा केन्द्र सार्नुपर्ने विषयमा जोड दिएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top