विश्वकपमा पाकिस्तानले अफ्रिकालाई दियो ३ सय ९ रनको लक्ष्य

विश्वकपमा पाकिस्तानले अफ्रिकालाई दियो ३ सय ९ रनको लक्ष्य

एजेन्सी, असार ७

इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले दक्षिण अफ्रिकालाई जितका लागि ३०९ रनको मध्यम लक्ष्य दिएको छ ।

लर्ड्समा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३०८ रन बनायो । पाकिस्तानका लागि हरिश सोहिल र बाबर आजमले अर्धशतकीय इनिङस खेले । हरिशले ८९ रन बनाए यस्तै बाबरले ६९ रन बनाए । यस्तै फकर जमान र इमाम उल हकले समान ४४ रनको योगदान गरे । इमाद वासिम २३ तथा मोहमद हाफिज २० रनमा आउट भए । दक्षिण अफ्रिकाका लुंगी नेग्दीले ३ विकेट लिए । यस्तै इमरान ताहिरले २ विकेट हात पारे ।

आज दुवै टोली जित निकाल्दै आफ्नो खराब लयलाई पूर्णविराम लगाउने योजनामा रहेका छन् । दुवै टोली विश्वकपमा दोस्रो जितको खोजीमा रहेका छन् । सेमिफाइनलमा स्थान बनाउन दुवै टोलीले आजको खेल जित्नैपर्ने हुन्छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.