दशगजामा भारतले एकतर्फी बनाएको बाँधले नेपाली गाउँ डुबानमा

बाँके : भारतले दशगजामा एकतर्फी बनाएको सडकजस्तो बाँधका कारण नेपाली भूभाग डुबानमा परेका छन्। शनिबार रातीदेखि परेको पानीका कारण जिल्लाको पूर्वी–दक्षिणी सीमावर्ती गाउँहरू डुबानमा परेका हुन्। पानीको निकासलाई भारतले एकतर्फी बनाएको सडकजस्तो बाँधले रोकेपछि सीमावर्ती नेपाली गाउँहरू डुबानमा परेका हुन्।,यो खबर आजको नेपाल समाचारपत्रले छापेको छ ।

Advertisement

नरैनापुर गाउँपालिकाका अध्यक्ष मो इस्तियाक अहमद शाहले भारतले दशगजासँग सटाएर बनाएको सडकजस्तो बाँधका कारण पानीको निकास नहुँदा एक दर्जन गाउँका सय बढी घरहरू डुबानमा परेको बताए। उनका अनुसार, नरैनापुरको बनियागाउँ, महतनियाँ, मझेरटी, मियाँपूर्वा, घोरदौरिया, महादेवनगर, कोटिहा, बहाबपूर्वा, रोशनपूर्वा गाउँहरू डुबानमा परेका छन्। यी गाउँका सय बढी घरहरू डुवानमा परेको र एक दर्जन भत्किएको गाउँपालिकाका अध्यक्ष शाहले जानकारी दिनुभयो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top