मोरङबाट विप्लवका ३ कार्यकर्ता ५ थान हतियारसहित पक्राउ

९ असार, विराटनगर । हातहतियार देखाई विभिन्न ब्यक्ति तथा संघ संस्थाहरुबाट चन्दा असुल्ने प्रतिबन्धित विप्लवका तीन जना कार्यकर्ता हरियारसहित पक्राउ परेका छन् ।

पक्राउ परेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा कानेपोखरी–६ का ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल,सुन्दरहरैँचा– १२ का ४० वर्षीय अशोक राई र उर्लाबारी– २ को अन्दाजी ४८ वर्षीय केन्द्रलाल धिमाल रहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए । विभिन्न व्यक्ति तथा संस्थाहरुबाट हतियार देखाई डर त्रासको आडमा चन्दा असुल्न खोजिरहेको भन्ने विशेष सुचनाको आधारमा खोजतलास गर्ने क्रममा आइतबार बेलबारी– ३ स्कुलडाँडामा को १७ प ४५८६ नम्बरको मोटरसाईकलमा सवार अशोक राई र कंश धिमाललाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले हतियार लुकाई राखेको खुलेपछि खोजतलास गर्ने क्रममा कंश धिमालको घरमा रातो झोलामा लुकाईराखेको अवस्थामा अटोमेटिक पेस्तोल दुई थान, सोही पेस्तोलमा फिट हुने म्याग्जिन ४ थान र पेस्तोलमा लाग्ने गोली १४ राउण्ड बरामद गरेको प्रहरीले जनाएको छ । त्यस्तै उनीहरुको अनुसन्धानको क्रममा उर्लाबारी– २ का केन्द्रलाल धिमालको घरमा लुकाई राखेको लोड भएको ३ नाल भरुवा बन्दुक, सो बन्दुकमा प्रयोग हुने छर्रा, बारुद, नटबोल्ट, केप, वासर र पुल्थ्रोमा प्रयोग भएको कपडा फेलापरेपछि धिमाललाई पक्राउ गरिएको अधिकारीले जानकारी दिए ।

पक्राउ परेका अशोक राई जिल्ला जनपरिषद् प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका कंश २०६६ सालमा उर्लाबारीको मंगलबारेमा सुनचाँदी लुटपाटमा डाँका मुद्धा चलाएको र २०६६ सालमा झापाको दमकमा लक्ष्मी बैंक लुटपाटमा ७ वर्ष कैद भुक्तान गरेको बुझिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई मुलुकी फौजदारी ऐन २०७४ अन्तर्गत हातहरियार तथा खरखजना अन्तर्गतको कसुरमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top