मोटरसाईकलको ठक्करबाट विराटनगरकी एक महिलाको मृत्यु

मोटरसाईकलको ठक्करबाट विराटनगरकी एक महिलाको मृत्यु

१० असार, विराटनगर ।
झापाको शिवसताक्षी नगरपालिका १० माईधारमा सोमवार मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।

बिहान साढे ८ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ७ प ६९९५ नम्बरको मोटरसाईकलले पैदल यात्री बिराटनगर महानगरपालिका १ पोखरीया बस्ने ६६ बर्षीया सुभद्रा भट्टराईलाई ठक्कर दिंदा उनी गम्भीर घाईते भएकी थिईन ।

घाईतेलाई तत्काल उपचारको लागि बिर्तामोडको बि.एण्ड.सी. अस्पताल पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ६ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मोटरसाईकल र चालक उक्त कार्यालको नियन्त्रणमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.