हतियारसहित मोरङबाट पक्राउ परेकाहरू विप्लवका कार्यकर्ता नभएको दाबी

११ असार, विराटनगर ।
नेकपा विप्लव समूहका कार्यकर्ता भन्दै प्रहरीले पक्राउ गरेका मोरङ कानेपोखरी ६ का सुदिप भनिने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल आफ्नो कार्यकर्ता नभएको नेकपा (विप्लव)ले जनाएको छ ।

मोरङ प्रहरीले विप्लव समूहका जिल्ला सदस्य अशोक राईसहित धिमालद्वयलाई ५ थान हतियारसहित भिन्नभिन्न स्थानबाट पक्राउ गरेको थियो । नेपाल कम्युनिष्ट पार्टी मोरङका सेक्रेटरी आभाषले मंगलबार एक विज्ञप्ति जारी गर्दै पक्राउ गरेको कंश र केन्द्रलाल धिमालले आफ्नो पार्टीको छवि धुमिल्याउने गरी विगतदेखि गतिविधि गरेको र उनीहरुसँगै जोडेर पार्टीका जिल्ला सदस्य अशोकलाई फसाएको उल्लेख छ ।

विभिन्न छापा र विद्युतीय संचारमाध्यामहरुबाट कानेपाखरी ६ का सुदिप भन्ने कंश धिमाल र उर्लाबारी २ सालघारीका केन्द्रलाल धिमाल (जो हाम्रो पार्टीसँग आवद्ध छैनन्) समेतको गिरिफ्तारीलाई नेकपा कार्यकर्ता नै हतियारसहित पक्राउ गरिएको निज द्वय धिमालहरुको विगत गलत आवरणलाई हाम्रो पार्टीको छवि धमिल्याउने गरी जोडेकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘दलाल फासीवादी सत्ता टिकाउन गिरफ्तार गरी हाम्रा नेताकार्यकर्तालाई जसरी पनि अपराधि करार गराउने नियत र विभिन्न प्रकारका अपराधिलाई पनि जबर्जस्ती हाम्रो कार्यकर्ता सावित गर्न खोज्नु नेपाल प्रहरीको राजनीतिक प्रतिशोध सिवाय केही पनि होइन ।

Advertisement

प्रहरीले भने पक्राउ गरिएका अशोक राई विप्लव समूहको जिल्ला जनपरिषद प्रमुख तथा कंश धिमाल सक्रिय कार्यकर्ता रहेको दाबी गरेको थियो । धिमाल यसअघि २०६६ सालमा झापा दमकको लक्ष्मी बैंक लुटपाट घटनामा ७ वर्ष कैद भुक्तान गरिसकेका तथा उर्लाबारी मंगलबारेस्थित सुनचाँदी पसल लुटपाट घटनामा मुद्दामा चलाइएका व्यक्ति रहेको पनि प्रहरीले जनाएको थियो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top